अनेरास्ववियुको आयोजनामा ‘सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रिय अभ्यास अदालत’ कार्यक्रम
अनेरास्ववियु केन्द्रीय कानून तथा संघीय मामिला विभागको आयोजनामा ‘सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रिय अभ्यास अदालत कार्यक्रम’ सम्पन्न भएको छ ।
ललितपुरको केएमसि कलेजमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीशुब्बा गुरुङको प्रमुख उपस्थितिमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि नेपाल ल क्याम्पसले प्राप्त गरेको छ । यसैगरी कार्यक्रमको उपविजेता र उत्कृष्ट बहसनोटको उपाधि ब्राइट भिजन कलेज बिराटनगरले प्राप्त गरेको छ ।
पुरस्कार वितरण समारोेह लाई सम्बोधन गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कानूनी तथा न्याय क्षेत्रमा दक्ष जनशक्तिको रुपमा स्थापित हुँदै न्यायिक क्षेत्रको उच्च तहमा पुग्न विद्यार्थीले आफ्नो अध्ययनको दायरा फराकिलो बनाउनुपर्ने बताए ।
शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्त बमोजिम बेला बेला न्यायपालिकाको निर्णयले कार्यपालिकालाई र विकास निर्माणको कार्यलाई अप्ठ्यारो परेको भन्दै यसमा सबै सजग हुनु पर्ने उनको भनाई थियो ।






