पनौतीमा जेसीज सप्ताहः असोज ४ गते सेयर बजार सम्बन्धी अनुशिक्षण कार्यक्रम

पनौती जेसीजले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । जसअन्तर्गत पहिलो दिन असोज ४ गते सेयर बजार सम्बन्धी अनुशिक्षण कार्यक्रम हुँदैछ । पनौती नगरपालिकाको हलमा हुने कार्यक्रममा प्रशिक्षक सुवास चन्द्र भट्टराईले सेयर बजार सम्बन्धी प्रशिक्षण दिनेछन् ।

विहान १० बजेदेखि दिउसो ४ बजेसम्म प्रशिक्षण सञ्चालन हुनेछ । यस्तै पनौती जेसीजले आँखा शिविर, स्टेशनरी वितरण, लेडिज सिंगिङ् आइकन, महिला उद्यमी सक्षमता अभिवृद्धि कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता समेत आयोजना गरेको कार्यक्रम मुल संयोजक रामकृष्ण श्रेष्ठले जानकारी दिए । हरेक वर्ष रचनात्मक कार्यक्रम गर्दै आइरहेको प्रसिडेन्ट सिजन सुधाकारले जानकारी दिए । विगत वर्षभन्दा केहि फरक र धेरै कार्यक्रम यो पटक गर्न लागिएको उनले जानकारी दिएका छन् । कार्यक्रममा सहभागीताका लागि सम्पुर्णमा उनले आग्रह गरेका छन् ।