पानस साकोसको १६ औं वार्षिक साधारण सभा
बनेपा/ पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी कायस्थले अहिले सहकारीहरु प्रति हेर्ने नागरिकहरुको दृष्टिकोण फरक रहको बताए ।
सहकारी भन्नासाथ अर्कै रुपमा लिने अबस्था आउनु भनेको केहि सहकारीहरुको बदमासी भएको बताए । केहि सहकारी खराब भएका कारण सम्पुर्ण सहकारी खराब नहुने कायस्थले बताए । सहकारी ऐन निति र नियमअनुसार सञ्चालन भएका कुनै पनि सहकारीमा समस्या नआएको कायस्थको भनाई थियो ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सुशन रावंशीले सहकारीका नियमन निकाय, विभाग संग समन्वय गर्दै निति र परिधिभित्र रहि सञ्चालन गरेका कारण सहकारीले २ हजार ८ सय भन्दा सदस्यहरुको विश्वास पाएको बताए । वित्तिय अनुशासनको पालना गर्दै संस्था अगाडि बढेको र आगमी दिनमा पनि आन्तिरक सुसान तथा लगानी सुदृणीकरणलाई पहिलो प्राथमिकता दिने राजवंशीले बताए ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिबेदन सचिब पुष्कर रंजितकारले,आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुमन बैद्यले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक हरि गोपाल बैद्यले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुँजी १ करोड ६३ लाख ६० हजार, कुल कारोबार १४ करोड १९ लाख १६ हजार, बचत संकलन ५८ करोड ८५ लाख ६३ हजार, ऋणलगानी २० करोड ५२ लाख ३ हजार रहेको छ ।
कार्यक्रममा जेष्ठ सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, बाल सदस्य लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, चण्डेश्वरी साकोसका अध्यक्ष नविन बादे, संस्थापक अध्यक्ष सुवाष बैद्य, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, काभ्रे टाईम्सका कार्यकारी सम्पादक रमेश न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजुले गरेका थिए भने धन्यबाद ज्ञापन सञ्चालक सदस्य राम पोटेले गरेका थिए ।






