संविधान दिवसः पनौतीमा अनेरास्ववियुले गर्यो दीप प्रज्वलन

संविधान दिवसको अवसर पारेर पनौती बसपार्कमा दीप प्रज्वलन गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु पनौती नगर कमिटीले दीप प्रज्वलन गर्दै संविधान दिवस मनाएको हो । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै संविधासभा सदस्य सुवेदीले सबैको सहमतिमा विश्वकै उत्कृष्ट संविधान बनेको भन्दै कार्यान्वयनमा जोड दिएका छन् । उनले कतिपय विषय आवश्यकता अनुसार क्रमशः संसोधन गर्न सकिने उनको भनाई थियो । संविधानको रक्षाका लागि एकजुट हुन समेत उनले आग्रह गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल, काभ्रे जिल्ला कमिटीका सचिव राजकुमार सापकोटा, जिल्ला कमिटी सदस्य नवराज भुर्तेल, राजेन्द्र केसी, प्रकाश बञ्जारा, सञ्जिव न्यौपानेको आतिथ्यता रहेको थियो ।

अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन जैरु, निर्वाचन आयोग सदस्य हेमराज हुमागाँई, अनेरास्ववियु वागमती प्रदेश कमिटी उपाध्यक्ष युवराज दाहाल,अनेरास्ववियु प्रदेश सचिवालय सदस्य गृञ्जन बञ्जारा, जिल्ला कमिटी अध्यक्ष मिलन गौतम लगायत विद्यार्थी नेता तथा स्थानीयको उपस्थिती रहेको थियो ।
अनेरास्ववियु पनौती नगर कमिटी अधयक्ष निशान सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिवालय सदस्य सुजन सापकोटाले गरेका थिए ।
