ज्यान नै लिने ‘लेनदेन’ मुद्दा
धुलिखेल/आर्थिक मन्दिका कारण देशभर कारोवार ठप्प हुँदा अदालतमा लेनदेन सम्वन्धी मुद्दा बढिरहेका छन् । आर्थिक वर्षको अन्त्य हुँदा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मात्रै ३ सय ७५ वटा लेनदेन सम्वन्धि मुद्दा दर्ता भए । लेनदेनका कारण ५ जना ब्यापारीहरुले आत्महत्या समेत गरेका छन् ।
सरकारले एक्कासी जग्गा कारोवार बन्द गर्यो । जग्गा कारोवार बन्द हुँदा देशभरका सहकारीमा समस्या देखियो । शेयर कारोवारमा गिरावट आयो । सहकारीमा देखिएका समस्या समाधानका लागि गठित समितिले दिएको प्रतिवेदनले समेत मुलुकको आर्थिक समस्या समाधानका लागि दीर्घकालिन योजनाका लागि सुझाव दिएको छ । तर पनि तत्काल मुलुकको आर्थिक समस्या समाधानका लागि कुनै गति लिने संकेतहरु छैनन । जग्गा कारोवार ठप्प हुँदा चेक बाउन्समा धेरै ब्यक्तिहरु मुद्दाको झमेलामा छन् । ब्याज मात्रै होईन किलोमिटर ब्याजले ब्यवसायीहरु समेत आतंकित छन् । पैसा दिनु पर्नेहरु भन्दा लिनु पर्नेहरु त्रसित हुन थालेका छन् । लेनदेनका विवादहरु कम हुने भनेकै आर्थिक मन्दि हट्दै जानु हो । आर्थिक मन्दिका कारण श्रीमान श्रीमतिको सम्वन्ध विच्छेद हुन थालेका छन् । ओछ्याउन एउटै कागजी विच्छेद भएका छन् । सम्म्पति सम्वन्धी विवादमा अदालतमा भोगाधिकारमा एउटा, जग्गा सम्वन्धी ५६ वटा, लेनदेन सम्वन्धी ३ सय ७५ वटा, सार्वजनिक जग्गा सम्वन्धी ३ वटा, सम्वन्धी सम्पत्ति बन्धकी १ वटा, लिखत बदर ३ सय ४८, घरवहाल सम्वन्धी १ र दानवकस १ र अन्य २ वटा मुद्दा दर्ता भएका छन् । एक वर्षको अवधीमा सम्पत्ति सम्वन्धी ७ सय ९१ वटा दर्ता भए । जसमध्ये ४ सय १५ वटा फछ्र्याैट भए । ३ सय ७६ वटा मुद्दा फछ्र्याैट हुन बाँकी छ । (यो समाचार चेष्टा साप्ताहिकमा प्रकाशित भएको छ ।)





