निर्माण व्यवसायी संघ काभ्रेको १४ औं वार्षिक साधारण सभा

बनेपा/ निर्माण ब्यबसायी संघ काभ्रेको १४ औं वार्षिक साधारण सभा निर्माण ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिहंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथी सिंहले निर्माण ब्यबसायीहरुलाई चौतर्फी घरेराबन्दी रहेको बताए । नेपाल सरकारले काम गरेको पैसा समेत नदिएको भन्दै उनले उपभोक्ताहरुले भने काम गरेने भनेर आलोचना गर्ने गरेको गुनासो गरेका छन् । उनले हाम्रो पिडा र ब्यथा कस्लाई सुनाउने, के कारणले काम गरेन ? कसरी काम अगाडी बढेनभनेर कस्ले सोध्ने ? भन्दै प्रश्न गरेका छन् ।

कानुनी र अन्य झन्झट नभएका ठाँउमा निर्माण ब्यबसायीहरुले समय अगाबै काम सकेर पुरस्कृत भएका सिहंले बताए । सबै निर्माण ब्यबसायी सहि छन् भन्ने आफ्नो दाबी रहेको भन्दै सिंहले सबैलाई एउटै दृटिकोणले हेर्नु नहुने बताए ।

कार्यक्रमका सभापति तथा संघका अध्यक्ष विजय तामाङले सघंमा चुनावि वर्षमा ५ सय ३० वटा निर्माण ब्यसायी दर्ता भएकामा आर्थिक वर्ष २०८१ जम्मा२ सय १९ मात्रै नविकरण भएको वताए । निर्माण ब्यबसायीहरुलाई धेरै समस्या भएको वताउदै तामाङले सबै पक्षबाट ब्यबसायीको मात्रै दोष देख्ने प्रबृत्ति बढ्दै गएको बताए । ब्यसायीको समस्या बुझने प्रयास समेत नभएको उनको आरोप छ ।

कार्यक्रममा निर्माण ब्यबसायी संघका पुर्व अध्यक्ष तथा वागमती प्रदेसका पुर्व मन्त्री मन्त्री चन्द्र लामा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, ब्यबसायी महासघंका बरिष्ठ उपाध्यक्ष एडी लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न लामा, नेकपा एमाले काभ्रेका जिल्ला कमिटि अध्यक्ष राजन भुर्तेल, काभ्रे उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, महासघंका केन्द्रिय सदस्य उपेन्द्र घिसिङ्ग, वागमती प्रदेश अध्यक्ष छत्र तामाङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष दमन दोङले राखेका थिए भने सञ्चालन सचिब गौतमले गरेका थिए ।