हिमालय माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव
बनेपा/हिमालय माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
नगर प्रमुख शाक्यले सरकारको सामुदायीक विद्यालयमा ठुलो लगानी भएपनि प्रतिफल चितबुझ्दो नभएको बताए । गुणस्तरीय शिक्षाका लागी स्थानीय सरकार लागिरहेको भन्दै उनले त्यसमा अभिभावक, शिक्षक, विद्यार्थीहरु सबै लागी गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने शाक्यले बताए ।
कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले नगपालिकाले विद्यार्थीहरुका लागी संघ सरकारले दिदै आएको रकममा दैनिक खाजामा केहि रकम थप गरिएको, सेनेटरी प्याड उपलब्ध गराउदै आएको, विभिन्न सुविधाहरु उपलब्ध गराउँदा समेत विद्यार्थी सख्या कमहुदै गएको र नतिजा खस्कदै गएको बताईन् ।
बनेपाकै उत्कृष्ट विद्यालय चण्डेश्वरी सृष्टिकान्त माविको उदाहरण दिदै सापकोटाले सबै लागे सम्भव हुने बताइन् । सबै क्षेत्रबाट सामुदायीक विद्यालयलाई सुधार गर्न लाग्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रधानाध्यापक धुर्व भट्टराईले राखेका थिए । भट्टराईले विद्यालयमा ३ सय ५० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तथा विभिन्न संस्था तथा ब्यक्तिहरुले छात्राबृत्ति प्रदान गर्दे आएको बताए ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, विद्यालयका पुर्व विद्यालय ब्यबस्थापन समिति अध्यक्ष बालकृष्ण दाहाल, वडा सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विभिन्न छात्राबृत्ति तथा स्टेस्नरी वितरण गर्ने सघं सस्था र प्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय ब्यबस्थापन समिति अध्यक्ष होम प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।






