पनौती जेसीजको आयोजनामा सेयर बजार सम्बन्धी अनुशिक्षण

पनौती जेसीजले सेयर बजार सम्बन्धी अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो । पनौती नगरपालिकामा आयोजित कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रशिक्षक सुवास चन्द्र भट्टराइले सेयर बजार सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, काभ्रे पुण्यवती यातायात प्रा.लि.का अध्यक्ष एवं उद्योग वाणिज्य महासंघको सामाजिक सेवा फोरमका सदस्य राजेश सुन्दर सैंजु, पनौती जेसीजका पुर्व अध्यक्ष तीर्थभक्त स्याउला, राजेन्द्र महाजु, लुभु जेसीजका प्रेसिडेण्ट रिपेश श्रेष्ठ, भिजन सेक्युरिटी प्रा.लि.का सर्मिला आचार्य लगायतको उपस्थिती रहेको थियो ।

पनौती जेसीजका प्रेसिडेन्ट सिजन सुधाकारको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन महासचिव ओमकृष्ण श्रेष्ठले गरेका थिए । शेयर बजारप्रती आकर्षण देखिएकाले, वर्तमान अवस्था, सम्भावना र चुनौतीका बारेमा प्रशिक्षण आयोजना गरिएको प्रेसिडेण्ट सुधाकारले बताए ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पनौती जेसीजले आँखा शिविर, स्टेशनरी वितरण, जेसीज सिंगिङ् आइकन, महिला उद्यमी सक्षमता अभिवृद्धि कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता समेत आयोजना गरेको कार्यक्रम मुल संयोजक रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष रचनात्मक कार्यक्रम गर्दै आइरहेको पे्रसिडेन्ट सिजन सुधाकारले बताए । विगत वर्षभन्दा केहि फरक र धेरै कार्यक्रम यो पटक गर्न लागिएको उनले जानकारी दिएका छन् ।