काँग्रेसका सभापति देउवा आज धुलिखेल आउने

धुलिखेल/ आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुलिखेलमा आउने भएका छन् ।
कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको सालिकको अनावरण गर्न सभापति देउवा धुलिखेल आउने भएका हुन् ।

धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा वीपी राजमार्गको प्रस्थानविन्दुका रूपमा रहेको स्थानमा नेता कोइरालाको सालिक निर्माण गरिएको छ ।
वि.स. २०७१ सालमा शिलान्यास गरिएको प्रतिमा निर्माण ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गर्न लागिएको नेपाली कांग्रेस काभ्रेले जनाएको छ ।

१५ लाख रुपैयाँ लागतमा सालिक निर्माण गरिएको प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण धिनान्जु श्रेष्ठले जानकारी दिए ।