आभाष साकोसको १५ औ सभा, अध्यक्षमा ग्रुवेन तौजले

बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यको विशेष आतिथ्यतामा बनेपामा सम्पन्न भएको छ ।

अध्यक्ष दिनेशराज कायश्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रकाश कायश्थ र कोषाध्यक्ष धर्मभक्त प्रधानले संस्थाको आर्थिक र बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक विकास बैद्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले संचालक समितिमा ग्रुवेन तौजलेको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा प्रकाश कायश्थ, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सुर्यकुमार रजिंत रहेका छन् । संचालक सदस्यहरुमा शुभराज जोशी, त्रिरत्न रञ्जितकार, कृष्णभक्त मुनंकर्मी, सुरेन्द्रकाजी मानन्धर, सुन्दरकाजी मानन्धर, राजन कायश्थ र निर्मला श्रेष्ठ रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा संयोजक विकास बैद्य र सदस्यहरुमा सरोजकाजी पलाञ्चोके र हिरामणी शर्मा तिमल्सिना रहेका छन् ।

प्रमुख प्रवन्धक सुबास बैद्यद्वारा संचालित सभामा नगर प्रमुख शाक्य, विशेष अतिथी संस्थापक अध्यक्ष सुरकृष्ण बैद्य, जिल्ला सहकारी सघका अध्यक्ष अमन पोटे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

६७५८ शेयर सदस्य रहेको उक्त संस्थामा ६२ करोड ४१ लाख १४ हजार ३ सय १६ ऋण लगानी, ७२ करोड ७३ लाख ४६ हजार ६ सय ९३ बचत र ३ करोड ७६ लाख ६३ हजार शेयर रकम रहेको छ ।

बार्षिक सबै खर्च कटाएर संस्थाले ५६ लाख ७० हजार मुनाफा गरेको प्रमुख प्रवन्धक सुबास बैद्यले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत जन्म देखि मृत्युसम्म र सदस्यहरुको विशेष सेवा र सुविधाका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।