शुलभ साकोसको १४ औं वार्षिक साधारण सभा

by | अशोज ५, २०८१

शुलभ साकोसको १४ औं वार्षिक साधारण सभा

–नाफा १ करोड ४९ लाख, जगेडा कोष ४ करोड २४ लाख

बनेपा/शुलभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष विक्रम भैलको सभापतित्व तथा संस्थापक अध्यक्ष विरेन्द्र प्रसाद घिनाङ्गजुुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भैलले संस्थाले हरेक क्षेत्रमा सुशासन कायम राखी सहकारी समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको सर्वाेकृष्ट पद्धति हो भन्ने भावना जनस्तरमा अनुभुत गराउने र संस्थाका हरेक क्रियाक्रियाकलापमा सदस्यहरुको सक्रिय र रचनात्मक सहभागिताको अपेक्षा रहेको बताए । शुलभ सहकारी सहकारीको ऐन नियम र परिधिभित्र रही सञ्चालन गरेकाले सहकारीमा सदस्यहरुको पुर्ण विश्वास रहेको बताए । सहकारीमा सदस्यहरुले ढुक्क सगँ कारोबार गरी सबै सहकारीलाई उस्तै रुपमा हेर्ने नहुने भैलले बताए ।

कार्यक्रममा संस्थाका सचिबहोम प्रसाद तिमल्सिनाले वार्षिक प्रतिबेदन राखेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष दमनकुमार श्रेष्ठले राखेका थिए । संस्थाको लेखा सुपरिबेक्षण प्रतिबेदन संयोजक आरती श्रेष्ठले प्रस्तुत गरेकी थिइन् । संस्थाको आर्थिक वर्ष २०८०/०८१ माकुल शेयर पुँजी ५ करोड १२ लाख १५ हजार, बचत संकलन ४४ चौवालिस करोड ९३ लाख २१ हजार, ऋण लगानी ५८ करोड ११ लाख ७५ हजार, जगेडा कोष ४ करोड २४ लाख २७हजार, नाफा १ करोड ४९ लाख रहेको जनाएको छ ।

कार्यक्रममा संस्थाका प्रवन्धक रमेश श्रेष्ठले आर्थिक सकंटका समयमा पनि सदस्यहरुको विश्वास र सहकारीको परिधिभित्र रही संस्था सञ्चालन भएकोमा आज उक्त स्थानमा आईपुग्न सफल भएको बताए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राखेका थिए भने सञ्चालन सचिब होमप्रसाद तिमल्सिनाले गरेका थिए ।