अल्जाइमर जुन सुकै परिवारमा पनि हुन सक्छ

मणिराज श्रेष्ठ
संयोजक
सक्षम साकोस, ज्येष्ठ नागरिक उपसमिति तथा निबर्तमान उपाध्यक्ष,ज्येष्ठ नागरिक जिल्ला शाखा,काभ्रेपलाञ्चोक

मेरा केहि नातेदार तथा छिमेकी ज्येष्ठ नागरिक ब्यक्तिहरू जो ६५ बर्ष उमेर नाघि सकेका हुनु हुन्छ । वहांहरू मध्ये कोही छलफल गर्दा भनेका कुराहरू,अफ्नो सामानहरू कहां राखेको भन्ने एकै छिनमा बिर्सने,खाने,दिसा पिसाब लगायतका कार्यहरू कुन समयमा गर्ने भन्ने थाहा नहुने,सधैं प्रयोग गरेका बस्तुहरूको नाम भन्न नसक्ने, एउटै कुरा पटक पटक दोहोर्‍याइरहने,सधैं आउने जाने गरेको बाटो बिर्सने,कुन सामान कहां राख्ने भन्ने थाहा नहुने,सामाजिक तथा मनोरञ्जनका कार्यहरूमा चासो नदिने लगायतका समस्याहरू देखिने गरेको छ ।

कोहीलाई अहिले भएका र पहिले भएका घटनाहरू मात्र नभई आफ्ना परिवार र नातेदार संगको नाता, आफ्नै पहिचान समेत बिर्सने, आफ्नै श्रीमती,छोरा,बुहारी लगायतका परिवारहरू प्रति बिभिन्न शंका,उपशंका गर्ने र भन्नु हुने र भन्न नहुने बिभन्न आरोपहरू लगाउने,कहिले कांही बेसुरका कुराहरू गर्ने,राती समेत बाहिर हिँड्ने,बिना कारण त्यसै रिसाउने,झम्टने,कुट्ने गर्ने,शारीरिक रूपमा कमजोर भई हिंडडुल गर्न,खान पिन गर्न, दिसा(पिसाब गर्न,लुगा लगाउन लगायतका कार्यहरूमा परिवार तथा अरूको सहायता चाहिने अबस्था रहेको छ । यस्तै अबस्थाबाट एक जना छिमेकी काकी १ बर्ष अगाडी बिभन्न समस्याहरू झेल्दै कष्टकरकासाथ बित्नु भयो ।

ब्यक्तिको यस किसिमको अबस्था र परिवारले भोगेका र भोगिरहेका बिभन्न समस्या,तनाव आदि देखेर यो अबस्था के कारणले हुंदो रहेछ,यसको निवारणका उपाएहरू छ वा छैन,छ भने के के रहेछ आदि कुराहरू मेरो मनमा खेल्न थाल्यो। यस बारे जानकारी लिन स्वास्थ्य सम्बन्धि केहि पत्र पत्रिका अध्ययन गर्न थालें,समाचारहरू सुन्न थालें । अहिले सम्मको अध्ययनले के बुझे भने यस किसिमको अबस्था अर्थात लक्षण भएका ब्यक्तिलाई प्राविधिक रूपमा अल्जाइमर रोगी अर्थात स्मृति क्षय भएका भन्ने रहेछ ।

अन्तर्राष्ट्रय अल्जाइमर रोग सम्बन्धी संस्थाको आव्हानमा प्रत्येक बर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर चेतना दिवसको रूपमा मनाइदैं आइएको छ । यस वर्ष पनि “अबको आवश्यक्ताः अल्जाइमर्स डिमिन्सियामा क्रियाशीलता” भन्ने नाराका साथ ३१औं विश्व अल्जाइमर चेतना दिवस बिभिन्न कार्यक्रम सहित मनारहेको छ ।

अल्जाइमर रोग के हो ?
मस्तिष्कमा स्नायु कोशिकाहरुको क्षति को कारण अल्जाइमर रोग देखा पर्छ। कोशिकाहरू सोच्न, हिँड्न, बोल्न र सबै मानव गतिविधिहरूको लागि आवश्यक छन्। यो रोग बिशेष गरी वृद्ध अवस्थामा साधारण रूपमा सुरु भएर पछि जटिल किसिमले देखा पर्ने गर्छ ।
अल्जाइमर रोगबारे पहिलोपटक जर्मनका मनोचिकित्सक तथा प्याथोलोजिस्ट लोइस अल्जाइमरले सन् १९०६मा जानकारी दिएका थिए ।
यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि, बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ।
अध्यन तथा अनुसन्धानबाट उल्लेखित यसका कारणहरू, रोकथामका उपाए,उपचार आदिलार्इ यहां सक्षिप्त रूपमा निम्न अनुसार चर्चा गर्ने प्रयास गरेको छु ।

केहि कारणहरूः
बिशेष गरी मस्तिष्करइ असर पार्ने, कमजोर कमजोर गर्ने बिभिन्न कारणहरू मध्ये निम्न कारणहरूबाट पनि ब्यक्तिमा अल्जाइमर रोग हुन सक्छ ।

यो समस्या हुने क्रममा केही लक्षणहरू पनि देखा पर्ने गर्छ । डिमेन्सिया भएको अवस्थामा देखिने केही लक्षणहरू थाहा पाउन सकेमा उक्त व्यक्तिलाई अल्जाइमर हुनबाट रोक्न पनि सकिन्छ ।

-मस्तिष्क सुनिने, मधुमेह, गम्भीर रूपमा टाउकोमा चोट लाग्नु, डिप्रेसन, उच्च रक्तचाप,माइग्रेन लगायतका समस्याबाट पनि मस्तिष्कमा असर भएर यो रोग देखा पर्न सक्छ ।

– वंशानुगत अर्थात आफ्नो परिवारमा ज्येष्ठ व्यक्तिलाई अल्जाइमरको समस्या भएको छ वा थियो भने परिवारका अन्य सदस्यहरूमा यो रोग देखेका छन् ।
– अल्जाइमर रोग मानसिक स्वास्थसंग सम्बन्धित भएको कारण बढी चिन्ता र तनावमा रहने व्यक्तिमा पनि यो रोग देखिन सक्छ ।
– मानसिक क्रियाशिल हुने कार्यहरू भएन र निष्क्रियता भएका व्यक्तिहरूलाई यो रोग हुन सक्ने संभावना हुन्छ ।
– अत्यधिक मद्यपान, धुम्रपान,कुपोषण आदि पनि यस रोगका कारक तत्त्व मानिएको छ।
– शरीरले पर्याप्त आराम भएन र निद्रा कमि भयो भने ब्यक्तिको मस्तिष्क कमजोर भएर यो रोग हुन सकछ । 

रोकथामका केहि उपायहरू
मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर वा नष्ट हुने प्रक्रिया शुरू भै बिर्सने बानी शुरू हुन्छ । बिर्सने क्रम बढ्दै गएपछि उक्त व्यक्तिलाई अल्जाइमर हुने भएबाट बिर्सने क्रममा देखिने लक्षणहरू समयमा नै पहिचान गरी निम्न लगायतका उपायहरू अपनाउन सकेमा उक्त अल्जाइमर हुनबाट रोक्न मद्दत हुन्छ।
– आफ्नो र परिवारका अन्य सदस्यहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिने ।
ड्ड स्वास्थ्य खानपिन र जीवनशैलीमा अनिवार्य सुधार गर्नुपर्छ ।
ड्ड नियमित स्वास्थ्य परीक्षण गर्ने ।
ड्ड दुर्घटना हुनबाट जोगिने ।
ड्ड धुमपान, मद्यपान चिन्ता, तनाब लगायतबाट टाढा रहने । नगर्ने
– नियमित स्वास्थ्य परीक्षण गर्ने ।
– अल्जाइमर हुन नदिन शारीरिक र मानसिक ब्यायाम, योगा आदि नियमित रूपमा गर्ने ।
– कुनै रोगहरू छ भने समयमा नै सम्बन्धित चित्किसकबाट परीक्षण गराएर उपचार गर्ने । आदि
उपचार
यदि कसैलाई अल्जाइमर भएको छ भने सबैभन्दा राम्रो उपाय भनेकै उपचारमा जानु नै हो ।
अल्जाइमर रोगलाई सके सम्म बढन वा जटिल हुन नदिन उचित एवं पोषण युक्त खान पीन, व्यायाम, समय मै सुत्ने र उठने लगाएतमा बिशेष ध्यान र मद्द पर्दछ ।
हाल सम्म अल्जाइमर भइसकेकाहरुलाई पूर्ण निको पार्ने औषधि छैन । औषधिबाट भइरहेको अवस्थाबाट बढ्न नदिनका लागि उपयोग गरिन्छ ।
यसको लागि निम्न लगायत बिभिन्न उपचार तथा उपाए अपनाउनु पर्दछ ।
– अल्जाइमर रोगको समस्या भएका व्यक्तिले चिकित्सकको परामर्शमा दिएको औषधिहरू नियमित रूपमा सेवन गर्नुपर्छ ।
– अल्जाइमरका कतिपय समस्याहरूका लागि नियमित रूपमा थेरापी पनि गर्नुपर्छ ।
– सम्भव भए सम्म परिवार तथा साथीभार्इ संग भेटघाट तथा कुराकानी गर्ने गराउने ।
ड्ड मस्तिष्क उत्प्रेरित हुने कार्यकलाप र गतिबिधिमा सहभागि गराउने ।
– नियमित रूपमा योगा, ब्यायाम लगायत शारीरिक क्रियासिल हुने क्रियाकलापहरू गराउने ।
– अल्जाइमर भएका परिवार तथा स्याहार गर्ने ब्यक्तिले समेत बिभिन्न माध्यमबाट अल्जाइमर सम्बन्धि बिस्तृत जानकारी लिने र अध्ययन गर्ने । यसले केहि हद सम्म सहज रूपमा अल्जाइमर रोगबाट पीडित ब्यक्तिलाई रेखदेख र स्याहार गर्न सकिने हुन्छ ।आदि
अन्तमा,
अल्जाइमर सम्बन्धि सचेतनाका कार्यक्रमहरू सरकारका बिभिन्न निकायहरू र कुनै कुनै संस्थाहरूले केही ब्यक्तिहरू जम्मा गरेर गर्नेको देखिन्छ। अझ यसलाई प्रभावकारी र ब्यापक्ता दिन सरकारले थप कार्यक्रम र बजेटको ब्यबस्था गर्न जरूरी छ । अझ भन्ने हो भने प्रत्येक पालिकाहरूले प्रत्येक वडाहरूमा यसका बारेमा बिभिन्न माध्यमहरूबाट सचेतना गराउने र डिमेन्शिया र अल्जाइमर भएका ब्यक्तिहरू के कति छन् भन्ने तथ्यांक लिएर सहयोग कार्यक्रमहरू तयार गरी कार्यान्वयन गर्नु पर्छ ।

अल्जाइमर रोगबाट पीडित ब्यक्तिलार्इ रेखदेख र स्याहार गर्न निकै चुनाती पुर्ण हुन्छ । रेखदेख गर्ने ब्यक्तिलाईअल्जाइमरको बारेमा जानकारी भएन भने तनाव हुने,खिन्नता उत्पन्न हुने, मानसिक तथा शारीरिक थकावट हुने लगायतका बिभिन्न समस्याहरू भोग्नु पर्ने हुन्छ । यस किसिमको समस्या तथा भोगाइमा कमि ल्याउनका लागि अल्जाइमर रोगबाट पिडित भएका ब्यक्तिलाई प्रभावकारी रूपमा स्याहार तथा रेखदेखका लागि यसको लागि सरकारका बिभन्न निकायहरू र सम्बन्धि संस्थाहरूले स्याहार गर्ने ब्यक्ति तथा परिवारलाई आवश्यक तालिम लगायतका सहयोग गर्नु पर्छ । साथै परिवार र स्याहार गर्ने ब्यक्तिले पनि अल्जाइमरका बारेमा के के कुराहरू थाहा पाउन जरूरी छ, कुन कुन अबस्थामा कहां कसलार्इ सम्पर्क गर्ने र कसलाई सहयोग लिने भन्ने जानकारी राख्नु पर्ने हुन्छ ।
 विश्व अल्जाइमर चेतना दिवसको उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभ कामना । धन्यवाद ।