‘कलरफुल’ घरका लागि कलर क्रियसन
बनेपा/दशै तथा तिहार लगायतका महत्वपूर्ण चाडपर्वमा घरहरु रंङ्गयाउन तथा नयाँ निर्माण भईरहेको घर सजावट र कम खर्चमा आर्कषक घर निर्माणका लागि बनेपामा ‘कलरफुल’ रङका लागि करल क्रियसन शुरु गरिएको छ ।
काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्यले बनेपाको नेपाल टेलिकम सँगै रहेको घरमा बनेपाका दुई युवाहरु श्री मानन्धर र राजिव मानन्धरद्वारा शुरु गरिएको कलर क्रियसनको शुरुवात गरिएको छ ।
कलर क्रियसनको शुभारम्भ कार्यक्रममा बोल्दै काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्यले बनेपाको ब्यापारी नगरीमा शुरु भएको उक्त ब्यवसायको सफलताको शुभकामना ब्यक्त गरे । नयाँ नयाँ सोच तथा उदेश्य राखेर कलर क्रियसनले ब्यक्तिको रुचिसँगै बदलिँदो चाहना र आवश्कतासमेत पुरा गर्न शुरु गरेको कलर क्रियसनले जिल्लाबासीहरुको अलावा छिमेकी जिल्लाहरुमा समेत ब्यवसाय विस्तार गर्ने अपेक्षा राखे ।
कलर क्रियसनले सामान्य कलर देखि गिन्रेट टेम्पर पेन्ट गर्नेछ । घरको भुई, भित्ताको बाहिरी र भित्री वालहरु, सिलिङ्ग लगायतका स्थानमा मार्वल र टायलको विकल्प सहितको कार्य गर्नेछ । कम खर्च, घरलाई भार समेत नपर्ने र आर्कषक समेत रहेको, दाग नबस्ने र बसेको अवस्थामा पानीले धुन सकिने, स्क्रयाच नहुने सिलिकन सहितको कलर क्रियसन गरी लगाईने प्रोपाईटर श्री मानन्धरले बताए । सोहि अवसरमा कम्पनीका तर्फबाट कलर क्रियसनले दिने सेवा र सुविधाका बारेमा विजेश पोखरेलले जानकारी गराएका थिए । एक पटक लगाएको कलर १० वर्षसम्म ग्यारेन्टि गर्न सकिने गरी थ्रि डि र टु डि कलर क्रियसन गरी लगाउन सकिने पोखरेलले बताए ।
उक्त कार्यका लागि कम्पनीबाट तालिम प्राप्त जनशक्तिहरुलाई परिचालन गरिनेछ । सेवाग्राहिहरुले उक्त क्रियसनमा सम्र्पक गरी आफ्नो नयाँ निर्माण गर्न लागिएको घर र बनाईसकेको घरका लागि आवश्यक कलर चयन गर्न सक्ने संचालक श्री मानन्धरले बताए ।






