आइडिया बैंकमा आइडिया पेश गर्ने समय असोज १५ सम्म थपियो
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आइडिया बैंकमा आइडिया पेश गर्ने समय थप गरेको छ । यसअघि असोज ५ गतेसम्म आइडिया पेश गर्न भनिएकोमा कार्यक्रममा अझैं धेरै आइडिया समावेश गर्न समय थप गरिएको अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले जानकारी दिए ।
उनका अनुसार अब असोज १५ गतेसम्म आइडिया पेश गर्न सकिनेछ । नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि अनेरास्ववियु काभ्रेले आइडिया बैंक कार्यक्रम सञ्चालन गर्दैछ ।
निर्णायक मण्डलले छनौट गरेको उत्कृष्ट ३ आइडियालाई उद्योग स्थापनार्थ सहयोग सहित पुरस्कृत गरिने अनेरास्ववियु काभ्रेका अध्यक्ष गौतमले बताएका छन् । आइडिया डिजिटल माध्यमबाट पेश गर्न सकिनेछ ।






