गजल
पल्ला घरको बिर्खेले तल्ला घरकी सानिलाई आँखा गाड्छ
पारिको ठुले र मसिने लड्दा लड्दै गर्दन काट्छ
सम्झाउने बुझाउनेको कुरो कसैलाई सुन्नु छैन यहाँ
नेताजिकै कान्छो छोरो कुखुरा चोरेर रक्सी साट्छ
घरै पिच्छे पार्टी, घरै पिच्छे नेता सबले सबलाई ढाट्छ
कसरी बन्ला समृद्ध समाज झुटा आश्वासन मात्रै बाड्छ
गाउँ समाजमा मात्रै त हो यस्तो हालत हे दैब
माथिका टाउकेहरुको त सधैभरी थुतुनो चाटा चाट्छ
एउटाले यसो गरौं भन्छ अर्कोले तुरुन्तै भाड्छ
गरौ भन्ने र भाड्ने दुबै थरिलाई तिनै टाउकेहरुको आड छ
यस्तै लुछाचुंडि र बादबिबादमा अल्मलाए कयौं बर्ष
अब त अति भो जुटौं जनता कि गर्छ कि देश छाड्छ
राम्रो काम गर्न खोजे भाजो हाल्छन चारै तिर
न सरकार, न कर्मचारी कोहि कहि छैनन थिर
छिमेकि देशको प्रगतीले बिश्व हल्लाई सक्यो
आफ्नो देशको ब्यबस्था देख्दा सधैं लाग्छ पिर






