घर्तिछापमा मगर ईतिहास सम्बन्धि अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काभ्रे / महाभारत (८ मगर भाषाको संरक्षण,उत्पति विकास , ईतिहास र यसको वंशावलीको बारेमा घर्तिछापमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा जनजातिहरु मध्ये सबैभन्दा धेरैको संख्यामा रहेको मगर समुदायको भाषा,धर्म, परम्परा संस्कृति र वंशावली लगायत अन्य बिबिध बिषयमा छलफल भएको छ । मगर जातीको ईतिहास उत्पत्ति भेषभाषा लगायत चालचलन, रहनसहन को बारेमा गहन छलफल भएको छ ।

पिङडाडाँ नमुना समुह सगँको सहकार्यमा आयोजनामा भएको उक्त अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि मगर संघका केन्द्रीय सदस्य अम्बर बहादुर आले मगर बिशेष अतिथि नेपाल बौद्व समाज बागमती प्रदेश उपाध्यक्ष गणेश बहादुर थापा मगर भाषा प्रशिक्षक सुदिप यस्माली मगर वडा अध्यक्ष टंक बहादुर आले , स्थानीय शिक्षक ईन्द्र बहादुर थापा समाजसेवी घनश्याम आले मगर , अम्बर बहादुर अस्तानी मगर ९रिजन० लगायत सम्पुर्ण मगर संर्जकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन भाषा प्रशिक्षक बिजय सिजांली मगरले गरेका थियोे ।

आयोजक पिङडाडाँ नमुना समूहको कार्यालय भवनमा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रम झलक बहादुर जर्घा मगरको सयोजकत्वमा सम्पन्न भएको थियो ।