अनेरास्ववियु नमोबुद्धको तेस्रो नगर अधिवेशनमा वक्तृत्वकला प्रतियोगिता
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु नमोबुद्ध नगर कमिटीको तेस्रो अधिवेशन वक्तृत्वकला प्रतियोगिता सहित नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । एक पालिका, एक रचनात्मक कार्यक्रम अन्तर्गत नगर अधिवेशनको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
नमोवुद्धको समृद्धिमा मेरो योगदान शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा लक्ष्मीनारायण माविकी ललिसा थापा प्रथम भएकी छन् । श्रीराम माविकी संजिता अधिकारी दोस्रो स्थान हासिल गर्न सफल भइन् भने बाल उज्वलकी मनिषा घोरासाइनेले तृतीय स्थान हासिल गरेकी छन् । विष्णुप्रसाद पौडेल, सितल दाहाल र प्रविन सिलवाल निर्णायकको भुमिकामा थिए ।
यसैबिच अनेरास्ववियु नमोवुद्ध नगर कमिटीले एसियामा सम्पन्न एशिया प्याशेफिक कन्फरेन्स अफ योङ साइन्टिष्ट २०२४ मा सहभागी भई तृतीय स्थान हासिल गर्न सफल सुजन श्रेष्ठ र ऋग्वेद खनालाई लाई सम्मान गरेको छ ।
तेस्रो नगर अधिवेशनबाट पुष्कर हुमागाँई अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्ष सुमन प्याकुरेल, सचिव मनिषा सिग्देल, सह–सचिव देवसागर मगर, अरुण काफ्ले र निशान्त परियार, कोषाध्यक्षमा शिक्षा हुमागाँई निर्वाचित भएका छन् । यस्तै महिला विभाग प्रमुखमा प्रनिशा तिमल्सिना निर्वाचित भइन् । सदस्यमा परिक्षा हुमागाँई, समिक्षा अधिकारी, अशोक हुमागाँई, प्रभात तिमल्सिना, पुष्पा सिग्देल, कल्याण काफ्ले, युनिक श्रेष्ठ, किशोर कोइराला, रोचक कोइराला, लक्ष्मी खरेल र ललिशा थापा चयन भएका छन् ।
अनेरास्ववियु नमोवुद्ध नगर कमिटी संयोजक पुस्कर हुमागाँईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका नेता एवं पुर्वमन्त्री चन्द्र लामा, एमाले नेता राकेश लामा, उद्धव हुमागाँई, सञ्जिव न्यौपाने, अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतम, कार्यक्रम संयोजक सौगात अधिकारी लगायतको उपस्थिती रहेको थियो ।






