बनेपाको चप्लेटीमा वृक्षारोपण

बनेपा/काभ्रे जेसीज, बनेपा जुनियर जेसीज र बनेपा नगरपालिका वडा नम्बर ५ को संयुक्तआयोजनामा सेल्फी डाँडा चप्लेटीमा बृक्षारोपण गरिएको छ ।

सेल्फीडाँडा चप्लेटी उपभोक्ता सममितीको सहयोगमा बृक्षारोपण गरिएको वडा अध्यक्ष बलराम अधिकारीले बताए । सेल्फी डाँडामा केहि वर्ष देखी आन्तरिक पर्यटक तथा मर्निङ वाक गर्ने र सेल्फी खिच्नेको भीड लाग्दै आएको छ । उक्त स्थानलाई ब्यस्थित गर्दै पार्कको निर्माण गरिएको वडा अध्यक्ष अधिकारीले बताए ।

वडा तथा नगरपालिकाले पार्क निर्माण गरेकाले उक्त स्थानको संरक्षण स्थानीय उपभोक्ता समितिले गर्दै आएको र उक्त स्थानलाई वडाको प्रत्यक्ष रेखदेखमा स्थानिय उपभोक्ता समितिले गर्दै आएको अधिकारीले बताए । सबै संघ संस्था, स्थानीयको सहयोग भयो भने विकासका कामलाई सहज रुपमा सम्पन्न गर्न सकिने उनको भनाई थियो ।

काभ्रे जेसिजका अध्यक्ष रिकेस सैजूले जेसिजले विभिन्न सामाजिक कामहरु गर्दै आएकोमा ५ नम्बर वडा कार्यलयको समन्वयमा उक्त स्थानमा बृक्षारोपण गरिएको बताए । विभिन्न जातका ५ सय विरुवा रोप्ने योजना रहेकोमा यो वर्ष १ सय ५० वटा रोपिएको सैजुले बताए ।

कार्यक्रममा काभ्रे जेसिजका उपाध्यक्ष रसिक जोशी, बनेपा जुनियर जेसिजका अध्यक्ष सुष्टी श्रेष्ठ, उपभोक्ता समितीका अध्यक्ष अनिल थापा, सदस्य मन्दिप गिरी, लगायतले कार्यक्रमका बारेमा मन्तब्य राखेका थिए ।