एआई प्रयोग गरिएको भेटिए परीक्षा रद्द गर्ने त्रिविको निर्णय
काठमाडौँ /त्रिभुवन विश्वविद्यालयले परीक्षामा एआई (आर्टिफिसियल इन्टेलिजेन्सी) को प्रयोग गरेको पाइएमा परीक्षा रद्द गर्ने निर्णय गरेको छ । त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।
असोज ७ गते बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले परीक्षामा एआईको प्रयोग गरेको भेटिएको भन्दै त्यसलाई निरुत्साहित गर्न कारबाही गर्ने निर्णय गरेको हो । त्रिवि शिक्षाध्यक्ष प्राडा खड्क केसीले पछिल्लो समयमा उत्तर पुस्तिकाको परीक्षण गर्ने क्रममा धेरैमा उस्तै उस्तै उत्तर भेटिने गरेको बताए ।
‘पछिल्लो समय उत्तरपुस्तिकाम जाँच्दा देरी धेरै सिमिलारिटी केसहरू भेटियो । यतिसम्म कि गणित विषयमा समेत उत्तर मिलेको छ, माथिको व्याख्या अक्षरमा आयो,’ केसीले भने । बैठकमा लामो समयदेखि उत्तर पुस्तिका जाच्दै आएका प्रोफेसरहरूले आफ्नो अनुभव समेत व्यक्त गरेका थिए ।






