स्वेच्छा साकोसको १४ औ सभा

उद्धब प्रसाद अधिकारी/पाँचखाल
स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १४ औ वार्षिक साधारण सभा काभ्रे पलाञ्चोक जिल्ला बचत संघ लि.का बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथी कपालीले सहकारीहरु नीति र सहकारीको परिधि भित्र सञ्चालन भएका कुनै पनि सहकारीमा समस्या नआएको बताए । सदस्यहरुले त्यस्ता सहकारीहरु छनौट गरी कारोबार गर्न आग्रह गरेका थिए । कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष ओमकार श्रेष्ठले स्वेच्छा साकोसमा सम्पूर्ण सदस्यहरुले ढुक्कसँग कारोबार गर्न आग्रह गरेका थिए । सहकारी सहकारीको ऐन कानुन र परिधि भित्र रहि सञ्चालन भएकाले कुनै समस्या नरहेको श्रेष्ठले बताए । सबै सदस्यहरु, सञ्चालक र कर्मचारीहरु कानुन अनुसार र ईमान्दारीताका साथ लागेकाले संस्था अझै बलियो हुदै गएको श्रेष्ठले बताए ।

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन संस्थाका सचिव शुरेस दनुवारले आर्थिक प्रतिवेदन सचिव सुनिल सापकोटाले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं १ करोड ३१ लाख ५५ हजार रहेको जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समितका सदस्य अप्सरा सिप्खान जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, सर्वमंगला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशब प्रसाद काफ्ले, पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदार लुईटेल, आर्थिक विकास मित्र साकोसका सचिव रामप्रसाद कोईराला, प्रतिष्ठा कृषि सहकारी संस्था लि.का सञ्चालक सदस्य जयराम दनुवार, कुमारी बैंकका शाखा प्रमुख विष्णुमणी नेपाल, सिन्धु विकास बैंकका शाखा प्रमुख निल प्रसाद बञ्जारा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, जेष्ठ सदस्य, उत्कृष्ट ऋणी, बाल सदस्य लगायतलाई सम्मान गरिएको थियो ।