काभ्रेमा गठन भयो नेपाल शैक्षिक परामर्श संघ
धुलिखेल/नेपाल शैक्षिक परामर्श संघ काभ्रेको प्रथम अधिबेशन तथा साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट भुवन रायमाझीको अध्यक्षतामा समिति गठन भएको छ ।
केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव दिपकराज भुसालले संचालन गरेका थिए । कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्षहरु प्रकाश पाण्डे, राजेन्द्र बराल, विष्णुहरी पाण्डे, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संघका सल्लाहकारहरु, पदाधिकारीहरु, सदस्यहरु तथा विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागि थिए ।
देशका विभिन्न जिल्लामा ७ वटा जिल्लामा यस अघि संघ गठन भईसकेको थियो । काभ्रेपलाञ्चोक जिल्ला आठौ जिल्ला हो । देशका विभिन्न शहरमा संघ गठन गर्दै अघि बढ्ने केन्द्रिय अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले विद्यार्थीहरुको अध्ययन गर्ने चाहना स्वदेशमा भन्दा विदेशमा बढिरहेका बेला विद्यार्थी र अभिभावक सचेत हुनु पर्ने बताए ।
नेपालका विश्वविद्यालयमा समेत विदेशी विद्यार्थीहरु बढाउने गरी इक्यानले कार्य गर्न उनले सुझाव दिए । देशभर रहेका ६ सय १० जना ब्यवसायीहरु उक्त संघमा सदस्य छन् । जिल्लामा रहेका सस्थाहरुलाई अझै संस्थागत गर्दै विद्यार्थीहरुलाई उच्च शिक्षाको शैक्षिक परामर्श दिने अध्यक्ष रायमाझीले बताए ।






