दसैँ अगाडि सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइसक्छौंः भौतिक पूर्वाधारमन्त्री

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताएका छन् । सङ्घीय सरकार मातहत रहेका पूर्वपश्चिम लोकमार्ग लगायतका सबै सडकलाई एक साताभित्र खाल्टाखुल्टी रहित बनाइसक्ने दाबी उनको दाबी छ ।

बिहीबार धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले देशभरि करिब पाँच हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको जानकारी गराएका छन् । चाडपर्वमा सडक दुर्घटनाका कारण मानवीय क्षति नहोस् भनेर दसैँ अगावै सडकका सबै खाल्टाखुल्टी पुर्ने लक्ष्य रहेको मन्त्री दाहालले बताए ।

 हुलाकी राजमार्ग र रेल सेवा बिस्तारको काम भइरहेको उनको भनाइ छ । रेलमार्ग विस्तार र हुलाकी राजमार्गमा केही अवरोध र समस्यादेखि देखिएको उल्लेख गर्दै उनले धनुषाको कमला नदीको पुलको अवलोकन गरी समस्या समाधानका उपाय खोजिने बताए ।