काभ्रेपलाञ्चोक जिल्लामा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा

धुलिखेल/जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०/२०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । धुलिखेलमा आयोजित दुई दिने कार्यक्रममा पहिलो दिन जिल्लामा रहेका १३ वटा पालिकाका स्वास्थ्य शााखाहरुले गरेका गतिविधिहरु प्रस्तुत गरिनेछ भने दोश्रो दिन जिल्लाा स्थित स्वास्थ्य संस्थााहरु धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य बीमा कार्यालयका संस्थाहरुले भए गरेका गतिविधिहिरु प्रस्तुत गर्नेछन् ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रगिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । गौतमले जिल्लामा स्वास्थ्य सँग सम्वन्धित कार्यक्रमहरुको गुणस्तर बढाउँदै नागरिकहरुको विश्वास अझै बढाउनु पर्ने बताए । स्वास्थ्य संस्थामा जानु विश्वास बढाउनु भएकाले सोहि अनुसारको गुणस्तरी सेवा प्रदान गर्न, भएका स्वास्थ्य संस्थाहरुको गुणस्तर बृद्धि गर्न समन्वय समिति प्रमुख गौतमले अनुरोध गरे ।
कार्यक्रममा जनस्वास्थ्य ल्यावका निर्देशक नारायण कार्कीले ल्यावको गुणस्तर सँगै शुल्क न्यून गर्न सरकारी स्तरबाट भएका प्रयासका बारेमा जानकारी गराएका थिए । बागमती प्रदेश तालिम केन्द्र प्रमुख डा.नरेन्द्रकुमार झाले काभ्रेपलाञ्चोक जिल्लाको स्वास्थ्यको गुणस्तर बढिरहेकाले त्यसलाई कायम राख्न सुझाव दिए । लगातार दोश्रो पटकसम्म जिल्ला प्रथम भएको काभ्रेपलाञ्चोकलाई अझै उत्कृष्ट जिल्ला निर्माण गर्न धुलिखेल नगरपालिका स्वस्थ शहरमा दक्षिण एशियामा दर्ज भएजस्तै अन्य नगरपालिकाहरुले पनि स्वास्थ्य सेवा उपलब्धतामा क्षमता बृद्धि गर्नु पर्ने बताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जिल्लाका १३ वटा पालिकाहरुले गरिरहेको स्वास्थ्यका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन जिल्ला स्तरबाट सहयोग र समन्वयकारी भूमिका खेलिरहेको बताईन् । विगतका गुणस्तर कायम राख्न स्थानीय तहहरुले प्रदान गरेको सेवालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर सक्रिय भएकोा उनले बताईन् ।
जनस्वास्थ्य अधिकृत अनिता वाग्लेको संचालनमा आयोजित कार्यक्रममा जनस्वास्थ्य अधिकृत राजाराम अधिकारीले स्वागत गरेका थिए । डब्लुएचओ लगायतका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्वन्धित ब्यक्तिहरुको सहभागिता रहेको छ । जिल्लामा रहेको धुलिखेल नगरपालिकालाई यहि वर्ष स्वस्थ शहर घोषणा गरिएको छ । त्यसको अभ्यास र अवस्थाका बारेमा स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले अनुभव प्रस्तुत गरेका छन् ।