धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना

काभ्रेपलाञ्चोकको धुलिखेलबाट पाँचखातर्फ गइरहेको ट्रक दुर्घटना भएको छ। दिउसो १ बजेको समयमा बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा आइचार गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त आइचर गाडी (ट्रक) दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा अन्दाजी ३०–३५ वर्षीय चालक गम्भीर घाइते भएका छन्।

उनको टाउकोको पछाडि र च्यापुमा चोट लागेको प्रहरीले जानकारी गराएको छ। घाइते उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। उनको अवस्था गम्भिर छ ।