बनेपामा नेपाल भाषाको फिल्म ‘लाखे आजु’ को प्रिमियर

बनेपा/बनेपाको शुभकामना हलमा नेवारी फिल्म ‘लाखे आजु’ को प्रिमियर शो प्रर्दशन गरिएको छ । दशैमा प्रर्दशन गर्ने गरी फिल्मको प्रचार गर्ने उदेश्यले बनेपामा प्रिमियर शो प्रर्दशन गरिएको निर्माता गोपालकाजी कायश्थले जानकारी दिए ।


बनेपामा आयोजना गरिएको प्रिमियर शोमा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, फिल्मका निर्मातागोपालकाजी कायश्थ, अभिनेता मदनदास श्रेष्ठ, हल संचालक दुर्गालाल प्रधान, फिल्ममा संलग्न कलाकारहरु, उद्योग बाणिज्य संघका पदाधिकारीहरु, उद्योगी ब्यवसायी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।


फिल्ममा सोहित मानन्धर र अशिष्मा नकर्मी शीर्ष भूमिका रहेको फिल्म ‘लाखे आजु’ दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । आर्यम नकर्मी निर्देशित फिल्मको निर्माण तीन वर्षदेखि भइरहेको थियो । ‘लोकेसन, छायांकन र प्राविधिक कार्य सकिएकाले यहि दशैंमा फिल्म रिलिज हुँदैछ’– निर्माता गोपाल कायस्थले भने –‘प्रिमियर शो हेरे पछि फिल्मका सकारात्मक तथा सुधार गर्नु विषयका बारेमा जानकारी दिन अनुरोध गदर्छु ।’
दर्शकले यो फिल्मलाई नेपाली र नेवारी भाषामा हेर्न पाउनेछन् । बनेपामा भने नेपाल भाषाको प्रिमियर शो सार्वजनिक गरिएको हो । फिल्मले भगवान र राक्षसको लडाइँको कथा भन्नेछ । निर्देशक नकर्मीको यो डेब्यु कथानक फिल्म हो ।यो फिल्मलाई नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनको तयारी छ । कायस्थको बिके फिल्मलाई नेपाल र विदेशमा वितरण गर्नेछ । फिल्ममा सोहित र अशिष्मासहित मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, सविन शाक्य, नागिना जोशी लगायतको अभिनय छ ।


अशिष्मा चाहिं केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । ‘अन्तराल’ डेब्यु अभिनेत्रीले ९ वटा नेपाली भाषाका फिल्ममा अभिनय गरेकी छन् । ‘लाखे आजु’लाई प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठले संयुक्तरुपमा निर्माण गरेका हुन् ।