भारी वर्षाले आज र भोलि शनिबार यी नदी बाढीको उच्च र अति उच्च जोखिममा

काठमाडौँ / बाढी पूर्वानुमान महाशाखाले भोलि र पर्सी मध्यम, उच्च र अति उच्च बाढीको जोखिममा रहेका नदीहरूको बारेमा विशेष बुलेटिनमार्फत जानकारी गराएको छ। 

आज साँझ बुलेटिन जारी गर्दै महाशाखाले ती नदी र त्यसका सहायक नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध पनि गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गरेपछि बाढी पूर्वानुमान महाशाखाले पनि बाढीको पूर्वानुमान गरी आज सार्वजनिक गरेको हो।

विशेष गरी नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीहरूमा यही असोज ११ र १२ गते जल सतह बढेर उच्च र अति उच्च जोखिममा पुग्ने जनाइएको छ। 

विवरण हेर्नुहोस्