बिपी राजमार्गको चारसय बेसीमा एकतर्फी यातायात सञ्चालन
निरन्तरको वर्षाले विपी राजमार्गमा अवरोध भएको छ । रोशी गाउँपालिका– ८ चारसय बेसी स्थित बिपी राजमार्ग सडक खण्डमा अबिरल बर्षादको कारण माथिबाट आएको लेदोले सडक बन्द भएको प्रहरीले जनाएको छ । प्रहरी, स्थानिय निकाय र सडक बिभागसँग समन्वय गरि दुईतर्फी बाटो खुलाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।





