बेथानचोक–५ च्याल्टीमा पहिरोमा पुरिएर ४५ बर्षिय प्रेम बहादुर वाईवाको निधन

बेथान्चोक– घर जाने क्रममा बेथान्चोक ५ च्याल्टीमा गएको पहिरोमा पुरिएर ४५ बर्षिय प्रेम बहादुर वाईवाको निधन भएको छ । वडा अध्यक्ष राजकुमार वाईवाका अनुसार खोला तरेर घर जाने क्रममा बारीको ढिस्को बाटोमा आँउदा उनि पुरिएका हुन् ।

घटनास्थलमा प्रहरी र जनप्रतिनिधि पुगिसकेका छन । च्याल्टीमा खोला ठुलो भएकाले खोला तर्न नसकेका स्थानीयलाई वाईवाले खोला तारी दिएर आफू पछि तरेका थिए । आत्माबिकास मावि च्याल्टी नजिकै रहेको खोल्सा नजिकै गएको पहिरोमा उनी पुरिएका हुन् । उनका श्रीमती सहित १२ बर्षिय छोरा र ६ बर्षिया छोरी छ्न ।