काभ्रेमा बाढीपहिरोमा परेर १० जनाको मृत्यु, १३ जना बेपत्ता

निरन्तरको वर्षासँगै आएको विपदका घटनामा परि काभ्रेमा १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पुरुष ६ जना र महिला ४ जना रहेका छन् । जसमा बालक २ र बालिका १ जना रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बाढीपहिरोका कारण धुलिखेलमा २ जना, बनेपा नगरपालिकामा ३ जना, पनौतीमा २ जना, नमोवुद्धमा २ र भुम्लुमा १ जनाको ज्यान गएको छ । विपदका घटनामा परेर जिल्लामा १६ जना घाइते भएका छन् भने १३ जना वेपत्ता भएका छन् ।

पनौती नगरपालिका वडा नम्बर ७ स्थित सुकुमबासी बस्तीबाट ४५ जना र पनौती नगरपालिका वडा नम्बर ७ र ८ त्रिवेणाीधामबाट ३ जना र धुलिखेल नगरपालिका वडा नम्ब ८ बाट ५ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।