राति फेरि पानी पर्ने अनुमान, भोलि दिउँसोदेखि भने देशैभरको मौसममा सुधार आउने
अस्ति बेलुकादेखिको झरी अहिले केही ठाउँमा रोकिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित आसपासका ठाउँमा पानी रोकिएर मौसम खुलेको छ । तर भारतमा विकसित भएको प्रणालीले राति फेरि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
यो प्रणालीले कोशी, मधेस र बाग्मती प्रदेशको पूर्वी भागमा धेरै असर गर्ने उनको भनाइ छ । कर्णाली र सुदूरपश्चिममा भने वर्षाको सम्भावना कम छ । अहिले मौसम खुलेपनि राति फेरि मध्यम खालको पानी पर्ने महाशाखाको भनाइ छ । भोलि दिउँसोदेखि भने देशैभरको मौसममा सुधार आउने महाशाखाको अनुमान छ ।






