बाढीपहिरोमा परेर काभ्रेमा ३१ जनाको मृत्यु, १९ बेपत्ता
बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी काभ्रेमा ३१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म ३१ जनाको ज्यान गएको छ । विपद्का घटनामा परी १९ जना बेपत्ता छन् भने ४२ जना घाइते भएका छन् ।
काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य जारी राखेको छ । विपदको जोखिममा रहेका रोशी, पनौती, तेमाल,बेथानचोकका नागरिकहरुको उद्धारमा सेनाले लगातार हवाइ उद्धार गरिरहेको छ। हेलिकोप्टरबाट ९४ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध विपी राजमार्ग र अरनिको राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको छ । यद्यपी तत्कालै राजमार्ग सुचारु हुने सम्भावना कम देखिएको छ ।






