उद्धार, राहत र पुनर्स्थापनामा खटिन कार्यकर्तालाई एमाले काभ्रेको आह्वान
अविरल वर्षाका कारण उत्पन्न संकटमा परेकाहरुको उद्धार, राहत वितरण र पुनस्र्थापना कार्यमा खटिन नेकपा एमाले काभ्रेले पार्टी पंक्तिलाई परिचालित गर्ने भएको छ ।
नेकपा उमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विपत्तीको यो अवस्थामा नेकपा एमालेका सम्पुर्ण मातहत कमिटीहरु, जनप्रतिनिधिहरु र जनसंगठनहरुलाई उद्धार, राहत र पुर्नस्थापना कार्यमा उच्च मानवीय भावना प्रदर्शन गर्दै तत्परताका साथ परिचालित हुन आह््वान गरेका छन् ।
दुःखद तथा पीडादायी अवस्थामा प्रभावकारी र समन्वयात्मक रुपमा पीडितहरुको उघार, राहत तथा पुर्नस्थापना र घाइतेहरुको उपचारमा जुट्न सरकारलाई एमालेको आग्रह छ ।
विपदको सम्भावित जोखिमप्रति सतर्क रहन र आवतजावतमा विशेष सावधानी अपनाउन समेत एमाले काभ्रेले आग्रह गरेको छ । अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा र सचिव राजकुमार सापकोटाले आज धुलिखेल अस्पताल पुगेर घाइतेको अवस्थाको बारेमा जानकारी लिँदै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी काभ्रेमा ३१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म ३१ जनाको ज्यान गएको छ । विपद्का घटनामा परी १९ जना बेपत्ता छन् भने ४२ जना घाइते भएका छन् ।






