बनेपामा विपदमा परेकाहरुलाई राहत प्याकेज घोषणा
बनेपा/बनेपा नगरपालिकामा नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा बसेको बैठकले तत्काल वडामा विपत्त व्यबस्थापन समिति मार्फत क्षतिको विवरण संकलन गरी नगरपालिकमा उपलब्ध गराउने निर्णय गरेको छ ।
सोहि विवरणका आधारमा विपदमा परि मृत्यु हुनेहरुका परिवारलाई जनही ३० हजार, घाईतेलाई २० हजार, पुर्ण क्षती भएको घरलाई १० हजार, गोठलाई ५ हजार, उच्च जोखिममा परेको घरलाई ५ हजार, पुर्ण रुपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई १० हजार, दुहुनो गाई वा भैसी मरेकाको हककमा १० हजार र बाछा बाछी बाख्राहरुको हकमा प्रति वटा ५ हजारका दरले उउपलब्ध गराउने निर्णय गरेको छ । त्यसै गरी वडाका मुख्य सडकहरु तत्काल सञ्चालन गर्ने, सहायक सडक, खानेपानी र विजुली क्रमैसगं पुननिर्माण गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख शान्तिरत्न शाक्यले विपतको समयमा सबैको साथ र सहयोग चाहिने बताए । नगरमा आईरहेको एकिकृत खानेपानी पुर्ण रुपमा क्षती भएकाले नगरले केहि दिनमा नै विकल्पमा खानेपनी उपलब्ध गराउने बताए ।
नगरले खानेपानी, क्षती भएका सडक, विजुली पुर्णरुपमा सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बैठकमा नगरउपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, प्रशासकिय अधिकृत धुर्बराज नेपाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यालय, शिरमेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाईटी, काभ्रे उद्योग बाणिज्य सघंका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।






