तिमी किन रिसायौ रोशी ?

२०४३ मा कक्षा ८ मा नेपाली कितावको पाठ्यक्रम अन्तर्गत युगकवि सिद्दीचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ कविताको एउटा गध्यांशमा

त्यो तामाकोशी, सुनकोशी
त्यो गीरी फोरी, बहने रोशी
मेरो हृदयको, तिम्रो चित्र
पारीरहन्छ, हरदम पवित्र
मेरो प्यारो ओखलढुंगा

यो कविता पढेर गुरुले व्याख्या गर्दा ‘त्यो गीरी फोरी बहने रोशी’ भनेको साँघुरा पहाडहरुलाई छिचोल्दै बगेको रोशी भनेर बुझाउनु भएको छ । ललितपुर र काभ्रेको सिमाना उपत्यकाको सबैभन्दा उच्च स्थान, महाभारत पर्वतीय श्रृङखलामा अवस्थित फुल्चोकी डाँडाको पूर्वपट्टीको जलाधारबाट श्रृजना भई खारखोला लगायत साना खोलाहरु समेटीयर काभ्रे जिल्लाको तत्कालीन कलाँती भूमेडाँडा (पनौती नगरपालिका १२) रोशी बजार (किनारमा अवस्थीत साना पसलहरुको समूह) हुँदै विहावर क्षेत्रबाट आएको सानो खोला लिलावती खोलासँग मिसिई, पनौतीमा नाला, बनेपा, धुलिखेल क्षेत्रको जलाधार पुण्यमाता खोलामा मिसिइ खोपासी मुनि महाभारत श्रृङखलाको उत्तरी मोहडाको जलाधारबाट शुरु भएका सलान्दु खोला, बल्थली मुनि लड्कु खोला, केहि तल क्रमशः भुग्देउखोला, भदौरे खोला, सन्नीखोला, पोटाखोला, दाप्चाखोला, नार्के खोला, पिन्थली खोला, भ्याकुरे खोला आदि मिसिएर काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा सुनकोशी नदिसँग मिसिनु अगाडि सम्मको प्रवाहलाई रोशीखोला भनिन्छ ।

यो खोलाको किनारमा अवस्थित मुख्य धार्मिकस्थलको रुपमा बाह्रबर्षे मकर मेला लाग्ने पनौती त्रीवेणीघाट, कुशेश्वर महादेव मन्दिरलाई लिन सकिन्छ । यो खोलाको नामबाट जिल्लाको तेह्र पालिकाहरु मध्ये तत्कालीन गा वि स हरु खहरेपाँगु, शीखरआम्बोटे, महादेवटार, शिशाखानी, सिपाली चिलाउने, कटुञ्जेवेशी, खार्पाचोक, वाल्टीङ, मंगलटार र भिमखोरी गरी १० वटा गाविस मिलाएर १२ वडाको रोशी गाँउपालिका बनेको छ । यो खोलाको शुरुदेखि अन्तिमसम्मको किनारमा म केहि खण्डबाहेक प्राय सबै किनार दाँया वाँया दुवैतर्फ पैदलै यात्रा गर्ने अवसर पाएको थिएँ ।

रोशी खोलाबाट नेपालको तेस्रो जलविधुत आयोजना खोपासी जलविधुत केन्द्र निर्माण भई राजधानीमा विद्युत आपुर्ति गरिएको थियो । यो अवधिमा चौकिडाँडा नेपालथोक खण्डमा दाप्चाखोला दोभानदेखि सुनकोशी नदि दोभानसम्म रोशी खोला किनार भएर वि पि राजमार्ग बनेको छ भने त्यो भन्दा माथिल्लो खण्डमा फुल्चोकी मुनिसम्म लगभग धेरै खण्डमा दोहोरो कच्ची करिडोर बनि सकेको छ । तत्कालीन रोशी बजार माथि स–साना (स्पान २० मी भन्दा कम) सडक पुल, सिमला वगरमा साधारण सडक पुल, खोपासी विधुत्तको लागि ड्याममा कजवे, पनौती त्रीवेणी घाटमा झोलुङ्गे पुल, सडक पुल, खोपासी सल्मेटार सडक पुल, झोपु, खोपासी विधुत्त गृह मुनि काठे पुल, अर्काे झोलुङ्गे पुल, सियालेमा झोलुङ्गे पुल, पोटा दोभान अलि माथि झोलुङ्गे पुल, थानसिङवेसीमा झोलुङ्गे पुल, सडक पुल, कटुञ्जे बेशीमामा झोलुङ्गे पुल, लास्कोटमा सडक पुल, चार सयमा झोलुङ्गे पुल, गीम्दिमा झोलुङ्गे पुल, नार्केमा झोलुङ्गे पुल, मंगलटारमा झोलुङ्गे पुल, माम्तीमा पक्की पुल र नेपालथोकमा झोलुङ्गे पुल बनेका छन । रोशी किनार क्षेत्र जिल्लाको खानेपानीको मुख्य श्रोत, कृषि उत्पादन, दुग्ध तथा पशुजन्य उत्पादन, जडिबुटी, ढुंगाखानी तथा नदिजन्य निर्माण सामाग्रीमा प्रमुख क्षेत्र मानिन्छ । २०४८–२०५१ पछि भौतिक विकास निर्माणको लागि, प्राकृतिक साधन श्रोत उत्खननको लागि यो क्षेत्रमा ठुलो मानव तथा मेशीनरी सामानहरुको व्यापक प्रयोग गरिदै आएको छ ।

मनसुनकै अवधिमा अविरल वर्षा भएर रोशी खोला करीडोरमा मानव निर्मित धेरै भौतिक पुर्वाधारहरुको व्यापक क्षति एवं यस अघि ईतिहासमा अहिलेसम्म जानकारीमा नआएको मानवीय क्षति भएको छ । यो विपद समयमा सबै संघ, प्रदेश र पालिकाहरुले समन्वय गरी तत्काल उद्दार ब्यवस्थापनामा समन्वय गरी आगामी दिनहरुमा आउन सक्ने जोखीमहरुलाई विपद व्यवस्थापन समन्वय समितिको रुपमा विकास गर्दै विपद जोखीम तथा व्यावस्थापनलाई समृद्दी तथा विकासको अभिन्न अंग मानेर क्रमशः विकसित गर्दै लैजानु पर्छ ।