काभ्रेमा बाढी र पहिरो पछि क्षतिको मुख्य कारण: रोशी खोलाका खानी, क्रसर र डोजरे विकास

– ३५ को निधन, वेपत्ता २०
– अझै संचार, सडक र विद्युत्त सम्पर्क विच्छेद
– तीन देखि अलपत्र यात्रु उद्दारको आशमा
– पुरिएकाहरु खोजतलास गर्न कठिन
– ५० भन्दा धेरै घाईतको उपचार हुँदै
– ३ सय भन्दा धेरैको हेलिकप्टरद्वारा उद्धार
– सयौ पशपंक्षी पुरिए

मोतीराम तिमल्सिना
धुलिखेल
पनौती नगरपालिका वडा नम्वर १ रयाले न्युरेखोला घर भएकी शान्ति सापकोटा पहिरोमा परी घाईते हुनु भएको छ । उहाँको करङ्ग भाँचिनुका साथै शरिरका विभिन्न भागमा लागेको गम्भिर चोटका कारण दुई दिन पछि स्थानीयहरुको सहयोगमा धुलिखेल अस्पताल आईपुग्नु भएको छ । आँखा अगाडी पुरिएका दुई छोरी सम्झँदै शान्ति अस्पतालमा झनै पीडामा हुनुहन्छ ।

असोज ११ गते दिउसो देखि नै ठुलो पानी परिरहेको थियो । पानीले घरहरु जोखिममा हुुन सक्ने आंकलन गरिएको थियो । शान्ति र उनका श्रीमान कान्छा दाजु भाउजुकोमा सुत्न गए । दुई छोरी सविता, ३० वर्ष र शर्मिला, २५ वर्षकी छन् । उनिहरु दुबैले केहि हुन्न भन्दै त्यहि घरमा सुतेका थिए । रातभर पानी, चट्याङ्ग र हावाहुरी चलिरह्यो । असोज १२ गते विहानै शान्ति र उनकी जेठानी भक्ति उठेर बाहिर हेरे । ठुलो पानीमा छोरीहरु बोलाउनु प¥यो भन्दै शान्ति घर जाँदै थिईन । छोरीहरु उठेर दौडँदा दौडँदै घर माथीबाट आएको पहिरोले उनिहरु दुबैलाई बगायो । घर बगायो । शान्तिलाई समेत किच्यो । भक्ति र उनका श्रीमान हेरेको हे¥यै भए । चारै तिरबाट पहिरोले बगायो । बारी समेत वाँकी राखेन । घाईते शान्तिलाई तत्काल अस्पताल ल्याउन सम्भव भएन । दिनभर पुरिएका छोरीहरु र घाईते देउरानी हेरेर बसिरहेकोे भक्तिले बतााईन् । आईतबार विहान असोज १३ गते स्थानीयहरुको सहयोगमा बाँस काटेर धोक्रोको स्ट्रेचर बनाएर शान्तिलाई कुशादेवीको पुच्छरीसम्म ल्याएर मिनी टाटामा अस्पताल ल्याउन सकिएको भक्तिले बताईन् ।

राेशीकाे माथिल्लो भाग र नयाँ गाउँको अवस्था

शान्तिकी छोरी सविताको चार वर्षका छोरा छन् । उनका बाबु केहि वर्ष देखि नै बेपत्ता छन् । उनी टुहुरा भएका छन् । शर्मिलाको विवाह भएको थिएन । छोरा बैदेशिक रोजगारीका लागि केहि महिना अघि मात्रै विदेशिएका छन् । रयालेकै सोहि गाउँमा माईली सापकोटालाई पनि गोठमा आगो बाल्ने क्रममा गोठ सहित बगाएको छ । उनको शव फेला परेको छ । गोठमा भएका ११ वटा पशु बगाएका छन् । पनौती वडा नम्वर १, २, ३, ४, ८,९, १० ११ र १२ मा क्षति भएको छ । वडा नम्वर १२ मा खानी र क्रसरका कारण धेरै बस्तिहरु जोखिममा परेका छन् । खानीबाट बगाएको लेदोले बस्ति र खेतियोग्य जमिन सबै पुरिएका छन् । खानीमा रहेका मेशिनहरु, टिपरहरु पनि बगाएका छन् । पुल, सडक, स्वास्थ्य भवन, विद्यालय तथा ब्यक्तिका नीजि सम्पती सबै बगााएको स्थानीय तहले बताएका छन् । पनौती वडा नम्वर १२ तहस नहस भएको छ । पनौती वडा नम्वर ११ थुम्की डाँडो बगाएको छ । शनिबार विहान देखि बेपत्ता भएका एकाघरका चार जना मध्ये दुई जनाको मात्रै शव फेला परेकोा छ । विद्युत्तगृह बगाएको छ । जिल्लाको सबै भन्दा धेरै खानी भएको क्षेत्र त्यहि हो ।

जिल्लाको विकट क्षेत्र खानिखोलामा एक जनाको ज्यान गयो, २६ घर पुर्ण क्षति

बेथान्चोक गाउँपालिकामा पनि ठुलो क्षति भएको छ । खानी क्षेत्र आसपास मात्रै चार जना पुरिएका छन् । वडा नम्वर ३ को कामिखोरिया टोलमा आमा छोरी बेपत्ता छन् । च्यासिङ्गखर्कमा एक जना पुरिएका छन् । भौतिक क्षतिको यकिन गर्न कठिन रहेको अध्यक्ष भगवान अधिकारीले बताए । बेथान्चोकमा बेपत्ता नागरिकहरु खोज्ने क्रम जारी छ । प्रहरी चौकी समेत असुरक्षित भए पछि प्रहरीहरुलाई हतियार जोगाउन हम्मे हम्मे परेको थियो । उद्दारमा खटिएका प्रहरी नै पहिरोमा परेका छन् । मुख्य सडक र सहायक सडककहरु पहिरोका कारण अवरुद्ध छन् । बनेपा नगरपालिकाकमा चार जनाको निधन भएको छ । सबैको पहिचानसँगै उद्धार भएको छ । धुलिखेल नगरपालिकाका विभिन्न वडामा नाागरिकले ज्यान गुमाएका छन् । पहिरोका कारण सडक अवरुद्ध छ । भौतिक सरचना र ब्यक्तिगत सम्पतिमा क्षति पु¥याएको छ । सडक र संचारको सम्पर्क भन्दा बाहिर छन् ।

बनेपा, धुलिखेल र पनौती लगायत ग्रामिण भेगमा खानेपानीको हाहाकार

मण्डनदेउपुर नगरपालिकामा दुई जनाले ज्यान गुमाएका छन् । अरनिको राजमार्गको बैकल्पिक जिरोकिलो देखि कुन्ता हुँदै नगरकोट भक्तपुर सडक पनि अवरुद्ध भएको छ । पाँचखाल र महाभारतमा मानविय क्षति भएको छैन । खानीखोलामाा एक जनालाई खोलाले बगाएको छ । चौरीदेउराली गाउँपालिकामा एकै घरमा तीन जना पुरिएका छन् । भुम्लुमा दुई जनाको ज्याान गएको छ । तेमाल गाउँपालिकामा एकै घरका ८ जना सहित १२ जनाले ज्यान गुमाएका छन् । अझै केहि बेपत्ता छन् । पुरिएकाहरुको उद्धार हुन सकेको छैन । तेमाल गाउँपालिकामा रहेको बृह्त खानेपानी बगाएको छ । विद्युत्त अवरुद्ध छ । नमोबुद्ध गाउँपालिकाको कानपुर र श्यामपाटीमा पुरिएर चार जना मरेका छन् । केहि बेपत्ता छन् । नमोबुद्धमा संचालित खानेपानी आयोजनाहरु सबैमा क्षति पुगेको छ । रोशी र नमोबुद्ध हुँदै महाभारत जाने पक्कि पुल बगाएको छ ।

बेथानचाेक-४ चलाल गणेशस्थान देखि छत्रे सम्म करिब १ सय भन्दा बढी घर लडेका छन् भने बगरमा ६० वटा टिपर बगाएको अनुमान गरिएको छ ।

विपी राजमार्ग क्षतविक्षत भएको छ । रोशी गाउँपालिकाका विभिन्न स्थानमा सडक कटान गरी नार्के बजार बगाएको छ । नार्के बजार आसपासको क्षेत्र सबै बगाएको छ । रोशी गाउँपालिकामा आईतबार साँझसम्म ११ जनाको निधन भएको छ । १५ शैयाको अस्पताल र फलामेसाँघु बजार, पोटादोभान खेलग्राम, थसिङबेशी पक्किपुल, नार्के बजार पुरै बस्ती, डम्फू पार्क, औद्योगिक ग्राम लगायत पुर्ण रुपमा क्षति भएको छ । सयौ ब्यक्तिका घरहरु ढलेका छन् ।
अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण सरकारी भवनहरु संकटमा परेका छन् । जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, संजिवनी स्कुल, माउन्ट प्रिन्सेस होटल, कृषि विकास कार्यालय, कालीजंग गण धुलिखेल, धुलिखेल खेल मैदान, धुलिखेल क्याम्पस लगायतका संरचनाहरुमा क्षति पुगेको छ ।
बाढी पहिरोमा परी सयौ पशुपंक्षीहरु पुरिएका छन् । पशु सेवा कार्यालय काभ्रेका निमित्त प्रमुख पशु विकास अधिकृत डा.निशान्त शर्मा गेलालका अनुसार तत्काल घाईते पशुपंक्षीको उद्धार, उपचार र मृत्यु भएका पशुहरु गाड्नलाई पशु सेवा प्राविधिकहरु परिचालन गरिएको छ भने सम्भव भएका स्थानमा पशु भेटनरी एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरिएको डा. गेलालले जानकारी दिए । तत्काल किसानलाई राहतका लागि सरकारसँग अनुरोध गरिएको उनले बताए ।

दुई छोरी गुमाएर देउरानी समेत पुरिएर घाइते भए पछि अस्पतालमा उपचार गराउन आउनु भएकी पनौती १ रयालेकी भक्ति सापकोटा घटना सुनाउँदै ।

पनौती १२, २ र ३, बेथान्चोक ४ र ५, रोशी गाउँपालिका विभिन्न वडाहरु, विपी राजमार्ग असपासका क्षेत्र, नमोबुद्धका केहि स्थानमा राखिएका क्रसर र खानीका कारण मानविय र भौतिक क्षति धेरै भएको प्रारम्भिक अध्ययनले देखाएको छ । खानी र क्रसरले अन्धाधुन्ध प्रयोग गरेका जमिनको संरचना खल्बलिन गई आएको पहिरो र लेदो बगाउँदा बस्ति र खेतियोग्य जमिन डुबानमा परी भौतिक संरचना नस्ट भएका छन् । त्यस्तै गाउँमा अन्धाधुन्ध खनिएका सडक र त्यहाँ प्रयोग गरिएका डोजरहरुले जमिनलाई हल्लाईरहेको अवस्थामा परेको अविरल बर्षातले गाउँ नै बगाएको अध्ययन गरिएको छ । क्षति धेरै हुनुको मुख्य कारण नेता र पहुँचवालाहरुको अबैद्य क्रसर र खानी तथा डोजरे विकास मुख्य भएको स्थानीयहरुले बताए ।

पनौतीमा मात्रै १९ जनाले ज्यान गुमाए

शुक्रबार देखि अलपत्र परेका विपी राजमार्ग लगायत जिल्लाका विभिन्न स्थानका अलपत्र नागरिकलाई आईतबार दिनभर नेपाली सेनाका तीन वटा हेलिकप्टर मार्फत उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० भन्दा धेरै घाईतको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताईन् । अन्यको उद्धार, खोजको कार्य भईरहेको छ । धुलिखेल अस्पतालमा उपचार भईरहेकाहरु मध्ये केहि सुत्केरी, केहि अशक्त, अपाङ्गता भएका, जेष्ठ नागरिकहरु छन् । स्थानीयहरुले भने सरकारले खोज र उद्धारमा ढिलाई गरेको गुनासो गरेका छन् । अलपत्र परेका यात्रुहरुले पानी समेत खान नपाएको बताए । आईतबार साँझसम्म ३५ जनाको निधन भईसकेको छ भने २० भन्दा धेरै बेपत्ता छन् ।