काभ्रेको रोशीबाट १५ सय जनालाई सुरक्षित स्थानमा सारियो
काभ्रे/काभ्रेपलाञ्चोकको रोशीमा अलपत्र बनेका १५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपाली सेनासहित सुरक्षा निकायले रोशी गाउँपालिका वडा नम्बर ९ र ११ को भ्याकुरे खोलामा आएको बाढीका कारण अलपत्र परेका १५ जना सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका हुन् ।
काठमाडौं जान लागेका १२ सय जना र सिन्धुलीतर्फ आउन लागेका तीन सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
त्यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका –७ कानढुंग्रीमा अवरुद्ध भएको सडक नजिकै वैकल्पिक मार्ग बनाएर सुचारु गरिएको निर्देशनालयले जनाएको छ ।






