काभ्रे जिल्लाको सडक पूर्वाधार विकास: इतिहासदेखि वर्तमानसम्म (भाग –४)

प्राविधिक पक्षहरुको सामान्य जानकारी:
सडकहरुको अबस्था बुझ्नको लागि यसको प्राविधिक पक्षको सामान्य जानकारी हुन जरुरी हुन्छ । सबै सडकहरु सबै दृष्टिकोणबाट पूर्ण भएको हुँदैन । सडकका आ आफ्नै मापदण्ड हुन्छन । नेपाल सरकारले नेपाल सडक मापदण्डNepal Road Standrandards (NRS) २०२७ लाई लागु गर्दै आएकोमा पहिलो संसोधन २०७० र दोश्रो संसोधन २०७७ लाई हाल कार्यान्वयन गर्दै आएको छ । यीनै मापदण्डअनुसार सडकहरुको वर्गीकरणका आधारमा श्रोत साधनको उपलब्धता र आर्थिक विश्लेषण गरी निर्माण गरिएको हुन्छ, गरिनुपर्छ । फलानो ठाँउको सडक कति राम्रो छ ! हाम्रो जिल्लाको यो सडक चाँही यस्तो ! आदि टिप्पणीहरु हामी सुनिरहेका हुन्छौ । तर उक्त सडक नेपाल सडक मापदण्ड अनुसार कुन वर्गीकरणमा आधारित भएर निर्माण भएको हो ? यसको प्राविधिक पक्षहरु सम्बन्धित सडक निर्माण निकाय वा सडक प्राविधिक विशेषज्ञहरुबाट बुझेर मात्र भन्न सकिन्छ ।
२०७० साल अघि बनेका राजमार्गहरुको मापदण्ड, त्यसपछि २०७७ सालसम्म बनेका सडकहरुको मापदण्ड र त्यसपछि डीजाइन गरिएका सडकहरुको मापदण्ड फरक फरक हुनसक्छ । यसमा पनि कुन वर्गको सडक हो ? कुन भूभागमा बनेको हो ? सो अनुसार पनि फरक फरक हुन्छ । हाम्रो जिल्लामा बन्ने सबै सडकहरु पहाडी भूभाग Mountainous Terrian मा बन्ने सडकको मापदण्डमा बन्ने सडकको वर्गीकरणमा आधारित भएर डिजाइन गरिएको हुन्छ ।
सडक डिजाइन गर्दा सडकको आफ्नै संरचनागत सुरक्षा तथा सुरक्षीत रुपमा सवारी साधन सञ्चालन गर्नका लागि विविध प्राविधिक पक्षहरु दृष्टिगत गरी इन्जिनीयरीङ डिजाइन गरिएको हुन्छ । सवारी साधन अनुसार अधिकतम गती म्भकष्नल क्उभभम खासगरी यसको गे्रडीयन्ट र लम्बाई दुरी, मोडमा यसको न्युनतम अर्धव्यास र लम्बाई दुरी, दृष्य दुरी, सतहको स्तर र लम्बाई दुरी आदि विशेष प्राविधिक प्यारामीटर अनुसार निर्धारण गरिएको हुन्छ । सडकको आफ्नै सुरक्षाको लागि विविध संरचनाहरु जस्तै टेवा पर्खाल (रिटेनीङ वाल, ब्रेस्टवाल), ड्रेन नाली, क्रस ड्रेनेज संरचना नाली पास हुने ठाँउ आदि बनाइएको हुनुपर्छ । साथै सुरक्षित यातायात सञ्चालनको लागि सडक सतह तथा सडक किनारामा सूचना मुलक चेतावनी मुलक आदि विभिन्न चिन्हहरु स्थापना गरिएको हुनुपर्छ । सडकको डिजाइनमा व्यबस्था गरिएअनुसार हरेक खण्डमा सम्बन्धित सवारीसाधनको लागि निर्दिष्ट मापदण्ड अनुसारको गती तथा सुचक चिन्हहरुलाई पछ्याएको खण्डमा दुर्घटनाको जोखीम धेरै कम हुन्छ । तर यस्ता सुचकहरु नभएको कारण र यसको पालना नभएको कारणले गर्दा पनि विभिन्न सवारी दुर्घटनाहरु हामीले व्यहोदै आएका छौ । दुर्घटनाका कारणहरु अन्य पनि हुन्छन ।
यस जिल्लाको अरनिको राजमार्ग, वि पी राजमार्ग, मध्यपहाडी लोकमार्ग र नयाँ कालोपत्रे गर्न शूरुवात भएका स्थानीयसडकहरु फरक फरक डिजाइनमा बनेका छन । यी सबै सडकहरुको सबै खण्डमा एकै नासको गतीमा यातायात सञ्चालन गर्न सकिदैन । गती पनि हरेक सडकको निश्चित खण्डैपीच्छे सवारी साधन अनुसार फरक फरक मापदण्ड तोकिएको हुन्छ ।
हाल अरनिको राजमार्ग अन्तर्गत यस जिल्लाभित्र पर्ने साँगा धुलीखेल सडक खण्डको विस्तार र सुधारको काम भइरहेको छ । यो खण्ड छ लेनमा विस्तार गर्ने गरी डिजाइन गरिएको देखिन्छ भने यसको मूख्य लेनमा एउटा गती र दाँया बाँयाको सहायक लेन (सर्भिसलेन) मा अर्को गती निर्धारण गरिएको हुन्छ । यो खण्ड पुरा भएपछि जिल्ला भित्रको ८ कि मी सडक स्तरीय राजमार्गको रुपमा देख्न सकिनेछ । यसैगरी निर्माणाधीन धुलीखेल खावा खण्डको स्तरन्नोती कार्य पुरा भएपछि यस अघिको निर्धारीत गतीमा भन्दा बढी गतीमा सहजरुपमा सवारी साधन सञ्चालीत हुन सक्नेछ । यस राजमार्गको बाँकी सडक खण्ड खावा बन्देउ सडक निश्चित मापदण्ड अनुसार सुरक्षीत यातायात सुचारु रुपमा सञ्चालनको अबस्थामा रहेको भन्न सकिन्छ , यद्यपी यो पूर्ण भने छैन ।
यसै गरी वि पी राजमार्ग पनि आफ्नै एउटा मापदण्ड अनुसार निर्माण भएको छ भने मध्य पहाडी लोकमार्ग विभिन्न वर्ग ऋबिकक हरुमध्ये आफ्नो ऋबिकक को मापदण्ड अनुसार बन्ने क्रम जारी छ । लामीडाँडा पलाञ्चोक भगवती सडक पनि पूर्ण रुपमा आफ्नो वर्ग ऋबिकक को मापदण्ड अनुसार बन्न सकेको देखिदैन । बनेपा पनौती, जिरो किलो कुन्ता सिपाघाट सडक लगायत अघिल्लो भागमा उल्लेख गरिएका जिल्लाका जती पनि नयाँ कालोपत्रे गर्न शुरु भएका स्थानीय सडकहरु छन, तिनीहरु नेपाल सडक मापदण्ड अन्तर्गत आफ्नो ऋबिकक को डिजाइनको आधारमा निर्माण गर्ने प्रयास गरेको देख्न सकिन्छ , यो वर्गको आधारमा यी सडकहरुलाई संरचनागतरुपमा सुरक्षित (सडकको आफ्नो संरचना आफैमा सुरक्षित) र सुरक्षित रुपमा यातायात सञ्चालन हुनेगरी स्तरोन्नती गर्दै लैजानुपर्छ ।
जिल्लाभरि अन्य सडकहरुको वर्तमान अवस्था :
माथि उल्लेखित प्राविधिक पक्षहरुको जानकारीलाई मध्यनजर गर्दा हाल जिल्लामा भएका ग्रामीण सडकहरुको अबस्था कस्तो होला ? भनेर सजिलै अनुमान लगाउन सकिन्छ । हाम्रा ग्रामीण सडकहरु संरचनागत रुपमा आफैमा सुरक्षित छैनन । साथै सुरक्षित रुपमा यातायात सञ्चालन गर्न सकिने हालतमा छैनन । तैपनि धेरै ग्रामिण सडकहरुमा यातायातका साधनहरु कतै बाह्रै महिना त कतै नौ महिना चलीरहेकै छन ।
हाल यातायात सञ्चालन भइरहेका अधिकांश धुले माटे सडक ९भ्बचतजभल च्यबमक० हरुको अबस्था हेर्दा अधिकांश सडकहरुको न्युनतम चौडाइ, ग्रेडीयन्ट, मोडहरुको न्युनतम अर्धव्यास, न्युनतम दृष्यदुरी आदि प्राविधिक पक्षको प्यारामिटरहरु मापदण्डअनुसार हुनसकेका छैनन । कतीपय सडकहरुमा सवारीसाधनहरु पास हुन सक्ने ठाँउ छैन । सडकलाई सुरक्षीत राख्नको लागि अनिवार्य नालीको ब्यवस्था गरिएको छैन । अधिकांश सडकहरु वर्षामा यातायात सुचारु गर्न सकिएको छैन ।
सडकहरुको यस्तो अवस्था हुनुमा विविध कारणहरु छन । धेरै जसो ग्रामीण सडकहरु प्राविधिक सर्वे डिजाइन विना स्थानीयहरुको आकांक्षा र मेशीन अपरेटरको अनुभवका आधारमा खनिएका छन । कुनै सडक प्राविधिकबाट सर्वे भएको भएपनि उक्त सर्वेलाई वेवास्ता गर्दै उपभोक्ताहरुका अग्रजहरुको आफ्नै आग्रहमा काम गरिएको देखिन्छ । जग्गाको मुआब्जा नहुने भएकोले आबश्यक ठाँउ प्राप्ती गर्न र समन्वय गर्न कठीन हुने बाध्यात्मक अबस्था पनि हुन्छ । कार्यान्वयन गर्ने नीकायमा भएका प्राविधिकहरुले सुपरिवेक्षण गर्न सकेको देखिदैन । नयाँ खनेको सडक जे जस्तो अवस्थाको होस, योजनालाइ जसरी पनि पास गराउने प्रवृती हावी भएको थियो ।
अर्कोतर्फ सडक खन्नको लागि पर्याप्त बजेट नहुने साथै धेरै मेहेनत र प्रयास गरेर मेशीन आफ्नो ठाँउमा भित्रीएपछि बजेटको उपलब्धतालाइ बेवास्ता गरि बढी काम गर्ने प्रवृती बढेको थियो ।
तसर्थ जिल्लाका अधिकांश धुले माटे सडकहरु प्राविधिक दृष्टिकोणबाट सुरक्षित छैनन, यातायात सञ्चालनको लागि पनि अती जोखीमयुक्त छन ।
वातावरणीय पक्ष:
ग्रामिण सडकहरुको नयाँ ट्रयाक खोल्दैगर्दा वातावरणीय पक्षलाई ध्यान दिएको देखिदैन । कटीङ र फिलीङको अनुपातलाई सन्तुलन बनाएको देखिदैन । जस्ले गर्दा कटीङ भएको माटो तल्लो भागमा बगेर भुक्षय बढाएको छ । भुक्षयले नयाँ नयाँ समस्या श्रृजना भइरहेको छ । साथै सडकको ग्रेडीयन्ट अधिकतम हुदाँ सानो बर्षातमा पनि यातायात सञ्चालनमा अबरोध हुनेगरेको छ । वर्षामा सडकहरु भत्की रहेका छन । राजमार्ग माथिको भागमा विना योजना सडकहरु खन्दा सो बाट भूक्षय भई राजमार्गलाई क्षती पुगी रहेको छ । अर्कोतर्फ सडक खनेपछि बर्षौदेखि पानीले बनाएको आफ्नो रुट परिवर्तन भएको कारणले खानेपानीका मुल श्रोतहरु सुक्न पुगेका छन भने साविक खोल्सीहरुमा परिवर्तन आइ नयाँ नयाँ खोल्सीहरु बन्न पुगेका छन ।
वातावरणीय पक्षको विस्तृत अध्ययन विश्लेषण गर्ने हो भने यसको बहुआयामिक प्रभाव तथा असरहरु देखिनेछ ।
यातायात सञ्चालनका आर्थिक पक्ष: फाइदा बेफाइदा
सामान्यतया यातायात सञ्चालनबाट फाइदा भइरहेको हुन्छ । मानिसहरुको आवत जावतमा सहजता, निर्माण सामाग्रीहरुको ओसारपसारमा सहजता, खाध्यान्न लगायत अन्य सामाग्रीहरुको ओसारपसारमा सहजता आदिको कारण फाइदा भइरहेको हुन्छ । जिल्लाका केहि ग्रामिण बस्तीहरुबाट कृषिजन्य उत्पादन दुध घिउ, अन्न, फलफुल, तरकारी जस्तै मकै, तोरी, सस्र्यू, गोलभेडाँ लसुन, अदुवा, फर्सी, अम्बा, काँक्रा, कागती, साग, काउली, बन्दा, आलु आदि निर्यात गरी बेचबिखन भइरहेको छ । यसैगरी मासुजन्य प्रयोगका लागि खसी बोका, राँगा, बंगुर, कुखुरा लगायत पशुपंक्षीहरुको पनि बेचविखनमा यातायातले सहयोग पुराएको देखिन्छ । यस्तै उत्तीस, सल्ला जस्ता काठहरु पनि जंगलबाट ढुवानी गरी बेचबीखन भइरहेको छ । महाभारत क्षेत्रमा भएका बनपैदावर तथा जडीबुटीहरुको पहिचान गरी निर्यात गर्न सके यसबाट ठूलो आर्थिक उपलब्धता हाँसील हुने देखिन्छ । यता आयाततर्फ दाल, चामल, तेल, तरकारी, अण्डा, विस्कुट चाउचाउ, शिशीमा शिल्ड गरिएका मदिराजन्य पदार्थहरु ठूलो परिमाणमा गाँउमा भित्रीरहेको छ । तुलनात्माक रुपमा निर्यात भन्दा बढी आयात भइरहेको छ । यसकारण सडक यातायात सञ्चालनबाट हाम्रो ग्रामीण वस्तीको आर्थिक कृयाकलाप जसरी वृद्धि हुनपर्ने हो सो हुन सकिरहेको छैन । ग्रामीण भेगको ठूलो रकम जिल्लाबाट बाहिर गइरहेको छ ।
सार्वजनिक यातायात सञ्चालनको हालको अबस्था :
हाल यस जिल्लाका सबै पालीकाहरुमा यातायातको पहुँच पुराउन विभिन्न यातायात प्रा ली हरु द्धारा तपशील बमोजीमका सडक रुटहरुमा दैनिक यात्रुबस सञ्चालन भइरहेको छ ।
काभ्रे बस प्रा ली बाट धुलीखेल बनेपा काठमाडौ दैनिक ६२, बनेपा नाला ४, धुलिखेल कलंकी १४, बनेपा धुलिखेल भट्टेडाँडा १४, बनेपा दाप्चा तल्लो हटिया ३, बनेपा दाप्चा गहते शिखर २, बनेपा दाप्चा पिपलटार नारायणटार खहरेपाँगु २, बनेपा मेच्छेपौवा ११, बनेपा नाला घिमीरेगाँउ २, बनेपा रविओपी १३, बनेपा कटुञ्जे सिपाली बुढाखानी १३ , बनेपा रजवास वाल्टीङ २, बनेपा खार्पाचोक कालीञ्चोक १, बनेपा काशीभञ्ज्याङ १ सार्वजनिक बस सञ्चालन भइरहेको छ ।
यस्तै काभ्रे पुण्यवती यातायात प्रा.ली.बाट पनौती बनेपा काठमाडौ १००, पनौती ढुंखर्क ९, पनौती खोपासी १३, पनौती शंखु ५, पनौती शंखु भालुखर्क १, पनौती कुशादेबी रयाले मानेदोभान ८, पनौती कामीडाँडा भुग्देउ मेधांशु ३, पनौती च्याम्राङबेशी धाप्ले तालढुंगा खानाीखोला २, पनौती च्याल्टी दयागाँउ फलामेटार तालढुंगा १, पनौती च्याल्टी दयागाँउ महादेबटार देउराली १ यात्रुबसहरु सञ्चालन हुँदै आएको छ ।
मयूर यातायात प्रा.ली.बाट पनि धुलिखेल बनेपा कोटेश्वर चाबहील काठमाडौ सम्म दैनिक ३०–४० वटा यात्रुबसहरु सञ्चालन भइरहेको छ ।
यसै गरी गणेश हिमाल तराई यातायात सेवा बाट बनेपा भकुण्डे पिप्ले देउराली जुकेपानी रामपुर आहाला बाँसपुर बनखु घर्तिछाप धाप गोकुल आँपटार रुटमा दैनिक ५, बनेपा भकुण्डे माम्ती चोपटार १, बनेपा भकुण्डे नेपालथोक खानीगाँउ १, बनेपा भकुण्डे १६, बनेपा पीप्ले देउराली जुकेपानी केराबारी शिखरपुर १, बनेपा बोहोरे दोभान आधाबाट कमेरे बोहोरे १, बनेपा बुच्चाकोट चरुवा भेडाबारी कमेरे बोहारे १ यात्रुबस सञ्चालन हुँदै आएको छ ।
यस्तै सिन्धु हेलम्बु यातायात प्रा लि बाट बनेपा कुन्ताबेशी सिपाघाट मेलम्ची दैनिक १५–२०, बनेपा चण्डेनी दैनिक १, बनेपा फेदि कोट्याङ १, बनेपा हिगुवापाटी जोगीटार १, बनेपा कुन्ताबेशी नयाँगाउँ १, बनेपा गैरीविसौना सल्लेबास १, बनेपा दोलालघाट साण्डीबेशी ठुल्डीबेशी १ यात्रुबस सञ्चालन हुदै आएको छ ।
यस्तै पूर्व अरनिको यातायात प्रा.ली.ले काठमाडौ बनेपा पलाञ्चोक कोशीदेखा दैनिक २, बनेपा तामाघाट अनेकोट शहिदपार्क १, काठमाडौ बनेपा बोहोरेदोभान ठूलोपर्सेल २, काठमाडौ बनेपा बोहोरेदोभान आधाबाट सस्यूखर्क डाँडागाँउ १, बनेपा डुडामुख देबीटार घुमाउनेचौर तिनपीप्ले कोटयाङ ३, बनेपा दोलालघाट बाह्रविसे २० यात्रुबसहरु सञ्चालन भइरहेको छ ।
यसैगरी काठमाण्डौ बनेपा दोलालघाट कोलाँती विर्तादेउराली गोठपानी कात्तिके देउराली कुडाँरी आरुबोट १, काठमाण्डौ बनेपा दोलालघाट फलाँटे कोलाँती ढाँडखर्क पोखरी देउराली मादन ३, काठमाडौ पोखरीचौरी कात्तिकेदेउराली बोक्से चौरीखोला गुन्सी भदौरे रामेछाप १, काठमाडौ पोखरीचौरी बालु चौरीखोला गुराँसे लखनपुर २ , काठमाण्डौ दोलालघाट भुम्लुटार सल्ले दुनगाँउ ढाँडखक चौरी देउराली मादन हर्दन १, काठमाडौ पाँचखाल बोहोरेदोभान खहरेघाट विर्ता टिमरेनी कात्तीके देउराली बोक्से १, काठमाण्डौ दोलालघाट भुम्लु सल्ले चौबास लौरेदेउराली ठूलोबाङथली नाग्रे दुती १, काठमाण्डौ दोलालघाट भुम्लु सल्ले चौबास सलम्बु काफ्ले किल्पुवगर १, काठमाण्डौ दोलालघाट भुम्लु सल्ले ढाँडखर्क छेडा शीवालय माझिफेदा बीला रामेछाप १, काठमाण्डौ दोलालघाट भुम्लु हवेली सापीङ सिम्थली हप्तामा ३, काठमाण्डौ दोलालघाट सापीङ रिट्ठे सिमथली हप्तामा २, दोलालघाट भुम्लुटार उर्लेनी भिमसेनस्थान हप्तामा २ वटा यात्रुबसहरु सञ्चालन हुदै आएको छ । यात्रुबस जान नसक्ने ठाँउहरुमा कतै कतै साना जिपहरु पनि सञ्चालनमा रहेका छन ।
जिल्लामा अवस्थित खोला नदी तथा ढुंगाखानीहरुबाट निर्माण सामाग्रीहरुको ओसार पसार गर्न धेरै ट्रक तथा ट्रीपरहरु सञ्चालनमा रहेका छन । तर यी साधनहरु अत्यन्त जोखीम पूर्ण सडकमा सञ्चालन भइरहेका छन ।
तर सडककको अबस्था नराम्रो भएकोले यातायातका साधनहरुको सञ्चालन र मर्मतमा ठूलो धनराशी खर्च भइरहेको छ ।

निष्कर्ष :
सडक यातायातलाई सुरक्षित रुपमा सञ्चालन गर्न, दुर्घटना जोखीम न्युनीकरण गर्न सम्बन्धित पालिकाहरु, यातायात व्यबसायी संघ, यातायात मजदुर संगठन, सडक विज्ञ एवं सरकारी लगायत अन्य सम्पूर्ण सरोकारवाला निकायहरुको एउटा समन्वय डेस्क खडा गरी कुन सडककोे भौतिक अबस्था कस्तो छ ? कस्ता साधनहरु मात्र सञ्चालन गर्न उपयुक्त हुन्छ ? भनेर जिल्लाका सबै सडकहरुको वर्गीकरण गर्नुपर्छ । यदि कुनै सडकको कुनै खण्ड जोखीमयुक्त छ भने तुरुन्त त्यसलाई जोखीमरहित बनाउन पहल गर्नुपर्छ । साथै कुन कुन सडकहरु कहिले सम्म कुन स्तरमा पुरयाउने हो ? सो को मार्गचीत्र तयार गरी विभिन्न पालिकाहरु एक अर्कामा समन्वय गरी गुरुयोजना तयार गर्नुपर्छ । आगामी दिनहरुमा स्तरोन्नती गर्ने योजनाका साथसाथै विध्यमान अवस्थालाई पनि कसरी सुरक्षित रुपमा यातायात सञ्चालन गर्दै लैजाने भन्ने कुरामा समेत समन्वय हुनु जरुरी रहेको देखिन्छ ।