बाढीपहिरो अपडेटः काभ्रेमा ५९ जनाको मृत्यु, ४ बेपत्ता

बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का घटनामा परी काभ्रेमा ५९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विपद्का घटनामा परी हालसम्म ५९ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता छन् । यस्तै ५२ जना घाइते भएका छन् ।

काभ्रेमा आइतबार बिहानैदेखी नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य थालेका थिए । आज दिनभर पनि उद्धार कार्य जारी रह्रयो । हेलिकोप्टरबाट ४५१ जनाको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतको सहयोगमा ३ हजार २ सय ७४ जनाको उद्धार गरिएको छ ।