बाढी पहिरोमा परी तेमालमा १२ जनाको निधन, २ बेपत्ता
– नागरिकका समस्यामा ध्यान दिन एमालेले गरायो स्थानीय सरकारको ध्यानाकर्षण
तेमाल/नेपाल कम्यूनिष्ट पार्टी एमाले तेमाल गाउँकमिटी काभ्रेपलाञ्चोकले असोज ११ र १२ गते परेको अविरल वर्षातको कारण १२ जनाको ज्यान गएको र २ जना अझै वेपत्ता भई कयौ संख्यामा घाईते भएको भन्दै तत्काल उद्दार, उपचार र खोजबिनमा ध्यान दिन अनुरोध गरेको छ । वर्षातका कारण धेरै जनधनको क्षति भएकाले नागरिकहरुको जीवन रक्षा तथा पुर्नस्थापनामा ध्यान दिन अनुरोध गरेको छ ।
तेमालको मुख्य सडकहरु भकुण्डे–मेच्छे सडक र बोहोरेदोभान ठुलोपर्सेल सडक अविरल वर्षातको कारण क्षतिग्रस्त भएकाले सवारी साधन संचालनमा अवरोध भएकाले तत्काल सडक खुल्ने गरी कार्य गर्न स्थानीय सरकारलाई अनुरोध गरेको छ ।
तेमाल बृह्त्त खानेपानीमा सुनकोसी नदिको कटानले क्षति पु¥याएको हुँदा तेमाल गाउँपालिकाका बासिन्दालाई तत्काल खानेपानीको बैकल्पिक ब्यवस्थापन गर्न, विद्युत्तका कारणले सूचना तथा संचारमा समेत समस्या भएकाले विद्युत्त लाईन संचालन गर्न, पीडितहरुलाई तत्काल राहत तथा बस्नको लागि अस्थायी आवास निर्माण गर्न, बाढीपहिरोका कारण दीर्घरोगीहरुले नियमित औषधी सेवा गरी रहेका विरामी, जेष्ठ नागरिक तथा विपत्तिका बेलामा मानिसहरुमा रोग उत्पन्न हुन सक्ने भएकाले स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली खटाउन अनुरोध गरेको छ । कार्यवाहक अध्यक्ष सिंङ्गबहादुर दोङ्गले जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।






