आज दिउँसो नागढुंगादेखि झ्याप्ले खोलासम्म सडक बन्द गरेर पहिरो पन्छाइने

काठमाडौं / आज दिउँसो ११ बजेदेखि १ बजेसम्म नागढुंगादेखि झ्याप्ले खोलासम्म पूर्णरुपमा सडक बन्द गरेर पहिरो पन्छाइरहेको छ ।
त्यसपछि दुई तर्फी नै सडक सञ्चालन गरिने बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।