सेनाको हेलिकप्टर मार्फत खानीखोलमा विपत्त पछि राहत पुर्याइयो

धुलिखेल/खानीखोला गाउँपालिकामा बाढी पहिरोका कारण एक जनाको ज्यान गएको छ । देविमाया सिंतानको खोलाले बगाएर निधन भएको छ । खानिखोला गाउँपालिका ६ चरौटेबाट बागमती खोलाले उनलाई बगाएको थियो ।

खानीखोला वडा नम्वर ५, ६ र ७ मा धेरै नागरिकहरुको घर भत्किएको छ । महाँकाल फाँटमा रहेको सयौ रोपनी खेतहरु पुरिएका छन् । चनौटेको झोलुङ्गे पुलमा क्षति भएको छ । सिक्रे दोभानमा सडक क्षति भएको छ भने पुरै बस्ति पुरिएको छ ।

स्थानीयहरुको खेत तथा बारीमा क्षति पुगेको छ । स्थानीय सरकारको पहलमा तत्काल राहत लैजाने उदेश्यले आज खानीखोलामा नेपाली सेनाको हेलकिप्टमार खाद्यान्न सहितका सामाग्रीहरु लगिएको छ । कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहका अनुसार खानीखोला गाउँपालिकामा खाद्यान्न सहितका राहत सामाग्री पठाईएको छ । राहत सामाग्री सहित विपदमा फसेकाहरुको उद्दार गरिएको छ ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्गले स्थानीयहरुलाई पुगेको क्षतिको लगत संकलन गरी आवश्यक राहत तथा पुर्नस्थापना कार्य शुरु गरिएको बताए ।