धुलिखेल २ मा वडा सरकारले शुरु गर्यो राहत वितरण

धुलिखेल, रविगाउँ/ विपद पछिको खोज तथा उद्दार र राहत सहितको पुर्नस्थापनाका लागि स्थानीय सरकार सक्रिय देखिएका छन् । धुलिखेल नगरपालिका वडा नम्वर २ का अध्यक्ष अर्जुन न्यौपानेले वडा स्तरीय विपद ब्यवस्थापन समितिको बैठकबाट तत्त्कालै  स्थानीय स्तरमा खोज तथा राहत उपलब्ध गराउन शुरु गरेका छन् । 
‘पहिलो चरणमा हामीले ब्यक्तिहरुलाई परिरहेको संकटमा खोज र उद्दारको कार्य सम्पन्न ग¥यौ । अरनिको राजमार्र्गको बैकल्पिक सडक बनेपा रविओपी अनेकोट हुँदै पाँचखाल जाने सडकमा भएको अवरोधलाई हटायौं । दोश्रो चरणमा वडा स्तरको लगत संकलन गरिरहेका छौ । लगत संकलन र राहत वितरणको कार्य एकै पटक प्रारम्भ गरेका छौं– वडा अध्यक्ष अर्जुन न्यौपानेले भने–‘दशै अगावै सबै टोलमा पुग्ने सडकलाई सफाई गर्र्न शुरु गरिएको छ ।’
धुलिखेलल नगरपालिका वडा नम्वर २ ले विपद कोषमा जम्मा भएको २ लाख र अन्य आकस्मिक कोषबाट पुर्ण क्षति भएका घर परिवारलाई १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै आंशिक क्षति भएका घर परिवारलाई ५ हजार उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष न्यौपानेले बताए । त्यस्तै पशुहरुको हकमा मृत्यु भएका प्रति गाई बराबर १० हजार र बाख्राको हकमा ५ हजार राहत उपलब्ध गराउने निर्णय भएको  छ । उक्त वडामा प्रारम्भिक तथ्यांक अनुसार पूर्ण क्षति भएका १० घर छन् भने आंशिक क्षतिका भएका दुई दर्जन भन्दा धेरै घर छन् । हालसम्म २ वटा गाई र केहि बाख्रा केहि मरेका विवरण प्राप्त भएको वडा कार्यालयले जानकारी दिएको छ ।