बाढीपहिरो अपडेटः काभ्रेमा ६५ जनाको मृत्यु, ८ बेपत्ता

बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का घटनामा परी काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विपद्का घटनामा परी हालसम्म ६५ जनाको ज्यान गएको छ भने ८ जना बेपत्ता छन् । यस्तै ७१ जना घाइते भएका छन् ।
काभ्रेमा आइतबार बिहानैदेखी नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य थालेका थिए । हेलिकोप्टरबाट ७४५ जनाको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतको सहयोगमा ३ हजार २ सय ९९ जनाको उद्धार गरिएको छ । सवारीसाधन मार्फत ८ हजार ४ सय ७१ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।