जिल्ला विपद ब्यवस्थापन समितिका के के भए १९ निर्णय

धुलिखेल/जिल्ला विपद् ब्यवस्थापन समितिको बैठक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । पुर्व मन्त्री एवं प्रतिनिधी सभा क्षेत्र नम्वर २ का सांसद गोकुलप्रसाद बास्कोटा, क्षेत्र नम्वर १ का सांसद सुर्यमान दोङ, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, रत्न ढकाल, रुकु चौलागाई, जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतम लगायतका नेताहरुको बैठकमा उपस्थिती रहेको थियो ।

बैठकले १९ वटा निर्णय गरेको छ । समन्वय, खोज तथा गैर खाद्य सामाग्रीको ब्यवस्थापन, पुर्वाधार, खाद्य कृषी तथा पशुपंक्षी, आश्रयस्थल, स्वास्थ्य तथा पोषण, शिक्षा, बजार अनुगमन, सुरक्षा, खानेपानी सरसफाई तथा स्वच्छन्दता र सामाजिक संरक्षण लगायतका विषयमा नेतृत्व गर्ने निकायलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बैठकले गरेका निर्णयहरु यस्ता छन् । बैठकमा पुर्व मन्त्री बास्कोटाले उद्दार, उपचार, पुर्नस्थापना, राहात लगायतका कार्यहरुलाई प्राथमिकिकरण गर्न अनुरोध गरे ।
राहात र पुर्नस्थापनाका लागि तत्काल वडा सचिव, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु मार्फत तथ्यांक संकलन गरी एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिएको छ ।

