डाइनामिक युवा साकोसको १६ औ वार्षिक साधारण सभा ,खुद नाफा ६० लाख

नाला/डाइनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षीक साधारण सभा जिल्ला सहकारी सघंका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथी पोटेले डाइनामिक युवा साकोस सबै सहकारीहरुका उदारणीय बनेको बताए । सहकारीको अहिले नाम सुन्ने नचाहाने सदस्यहरुका अगाडी शेयर रकम बृद्धि भई सहकारीले नाफा निकाल्न सफल भएको छ । सबै सदस्यहरुको विश्वास सञ्चालकहरुको मेहनत र सहकारी कानुनको परिधि भित्र रही कारोबार गरेकाले उक्त सफलता प्राप्त भएको पोटेले बताए । सहकारीले अब बचत तथा ऋणको कारोबार नगरी उत्पाद तथा सामुहिक रुपमा लगानी गर्नु पर्ने पोटेले बताए ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत सघंका महिला उपाध्यक्ष निर्मला श्रेष्ठ, संस्थाका सल्लाहाकार मणि प्रसाद सापकोटा, पुर्व वडा अध्यक्ष तथा संस्थाका सल्लाहाकार कृष्ण प्रसाद दाहाल, ग्रामिण विकास बहुउदेश्यीय सहकारी संस्थालिका अध्यक्ष लक्ष्मण दाहाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन सचिब बुद्धिकृष्ण घिमिरेले आर्थिक प्रतिबेदन कोषाध्यक्ष गौतम श्रेष्ठले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक उपेन्द्र दाहालले सभामा प्रस्तुत गरेका थिए ।

संस्थाका कुल शेयर पुंजी २ करोड २३ लाख ७८ हजार, निक्षेप १७ करोड ५१ लाख ७ हजार, कर्जा लगानी २१ करोड ७८ लाख ५२ हजार, खुद नाफा ६० लाख ६ हजार रहेको जनाएको छ । कार्यक्रममा उत्कृष्ट शेयर कर्ता, बचत कर्ता, ऋणी, बाल सदस्य, कर्मचारी लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष माधब सिग्देलको सभापतित्वमा भएको थियो भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष पुरुषोतम बजगाईले राखेका थिए ।