खड्गीको हत्यामा संलग्न रहेको पाँच जना सार्वजनिक

बनेपा/ काठमाडौँ कीतिपुरका ५० वर्षीय विनोद खड्गीको अपहरण गरी हत्या गरेको अभियोगमा पाँच जना प्रतिवादीहरुलाई आज जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको छ ।
घटनामा संलग्न प्रतिवादीहरुमा मनिसा महत‚ सरिन घिमिरे‚ रिकेश पौडेल‚ आशिष पासवान र प्रतिक गौतम रहेका छन् । प्रतिवादीहरुले मृतक विनोद खड्गीलाई अपहरण गरी फिरौती रकम पाँच लाख रुपैयाँ समेत लिई हात‚ खुट्टामा डोरीलो बाँधी क्रुरता पूर्वक संवेदनशिल अङ्ग लगायत शरीरको विभिन्न भागमा कुटपिट गरी कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुलाई प्रहरीले असोज ८ गते गते पक्राउ गरिएको थियो ।
पाँचखाल नगरपालिका- ८ को ४८ किलो भन्ने ठाउँस्थित अरनिको राजमार्गको सडक छेउको झाडीमा असोज ६ गते खड्गीको शव भेटिएको थियो ।