बालिनालीमा ६ अर्ब रुपैयाँ बरावरको नोक्सानी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपियाँ बराबरको बालिनालीमा नोक्सानी भएको बताएका छन् । बुधवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ६ अर्ब रुपियाँ बराबरको बालिनाली नोक्सानी गरेको बताएका हुन् ।
यद्यपि सो तथ्याङ्क प्रारम्भिक भएको उनको भनाइ छ । उनले सरकारले किसानलाई राहत दिने सन्दर्भमा गम्भीरतापूर्वक सोचिरहेको र मन्त्रालय छलफलमा रहेको बताए । उनले राहतका लागि दातृ निकायलाई पनि अनुरोध गरिएको बताए । उनले भने, ‘सरदर ६ अर्ब रुपियाँ नोक्सानी भयो अहिलेको अन्नबालिमा भन्ने हामीले सामान्य डाटा निकालेका छौँ । आगामी दिनमा हामीले उहाँलाई कुन ढंगको राहत वितरण गर्न सकिन्छ रु राहत के दिन सकिन्छ रु यसतर्फ हामीले गम्भीरतापूर्वक सोचेका छौँ । दातृ संस्थाहरुसँग पनि हामीले अनुरोध गरेका छौँ ।’






