उद्दार र स्थानान्तरणमा कालीजंग गणको सक्रियता धुलिखेल
धुलिखेल/नेपाली सेनाले बाढी र पहिरोको विपत्तिमा नागरिकहरुको जनधनको रक्षार्थ देखाएकाको सक्रियताले सार्थकता प्राप्त गरेको छ । सेनाले वित्तिमा शव उत्खनन, नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, राशन वितरण, खोज तथा उद्दार, खानेपानीको पाईप मर्मत, टेलिकमको टावर मर्मतमा समेत गरेको छ । नमोबुद्ध नगरपालिका वडा नम्वर २ र ३ श्यामपाटीमा रहेका टेलिकमका टावर मर्मतमा सेनााले सहयोग ग¥यो । जसका कारण नागरिकहरु विपत्तिमा संचारसँग जोडिए ।
नेपाली सेनाको कालीजंग गण धुलिखेल तथा मातहतका युनिटहरु मार्फत जिल्लाका विभिन्न स्थानमा असुरक्षित रहेका नागरिकरुको स्थानान्तरण गरिएको छ । नमोबुद्द २ चौकिडाँडाबाट १ हजार १ सय ८ जना र नमामेबुद्ध ७ जितपुरबाट ४ सय जनाको स्थानान्तरण गरिएकोा छ । नमामेबुद्ध ७ पात्लेखर्क, काशीखर्क, मथुरापाटीबाट चार जनाको खोज तथा उद्दार गरिएको छ भने रोशी गाउँपालिका ७ जितपुर, मंगलटार, नमोबुद्धको श्यामपाटी लगायतका स्थानबाट ८ जनाको खोज तथा उद्दार गरिएको छ । रोशी ९ मंगलटार, नमोबुद्ध ७ पात्लेखर्क, मंगलटार र जोरसल्लामा सेनाले रासन वितरण गरिएको छ । त्यस्तै नमोबुद्ध ७ मा खानेपानीको पाईप मर्मत गरेको छ ।
कालीजंग गणबाट पनौती, बेथान्चोक लगायतका स्थानमा १२ जनाको शव उत्खनन गरेको छ । सिन्धुपाल्चोक बलेफी १० सुकुटेमा कोरियन नागरिकको शव उत्खनन गरेको छ । नमोबुद्ध १० बेसारेमा क्यानडियन नागरिक २ जना, मेलम्ची बाउन्नेपाटी, काठमाडौ विश्वविद्यालय, बेथान्चोक, पनौती, खोपासी, शंखु इट्टे, रोशी लगायतका स्थानबाट खोज तथा उद्दार गरिएको छ ।
नेपाली सेनाले आज पनि विभिन्न स्थानबाट १३ जनाको हेलिकप्टर मार्फत उद्दार गरेको छ । बुधबार साँझसम्म ६७ जनाको निधन भएको र ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । ७१ जना घाईतेको उपचार भईरहेको बताएको छ । ७ सय ४५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ भने ३ हजार २ स ९९ जनालाई अन्य माध्यबाट उद्दार गरिएको बताईएको छ । करिव एक हजार सुरक्षाकर्मीहरु खोज तथा उद्दारमा खटिएका छन् ।






