उद्दार हुन नसक्दा तेमालमा लडेर घाईते भएका दुधराजको निधन, सुत्केरी अचेत

तेमाल/तेमाल गाउँपालिका वडा नम्वर ६ एङ्सीलछाप शौराटोलका ५७ बर्षिय दुधराज तामाङको उपचार नपाएर निधन भएको छ । तेमाल गाउँपालिका वडा नम्वर ९ भालु खोला पोङक्याल खोला भिरबाट बुधबार दिउसो लडेर गम्भीर घाईते भएको छ । स्थानीयहरूले उद्दार गरि प्राथमिक उपचार गरिएको थियो ।

बुधबार दिउँसो साढे १ बजे लडेका दुधराजलाई प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम ल्याउने प्रयास विफल भएको थियो । उपचारका लागि ल्याउन नसकिएका दुधराजको विहिबार निधन भएको प्रहरीले जानकारी दिएको छ । उद्दारका लागि मौषम खराव भएका कारण उडान गर्न नसकिएको कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए । तेमालमा लडेर घाईते भएका दुधराज र सुत्केरी महिलाको उद्दारका लागि हिजो देखि नै नेपाली सेनाले उद्दारको प्रयास गरेको भए पनि सम्भव नभएको सिंहले बताए ।

प्राथमिक उपचार गरिएको भए पनि धेरै रगत बगेका कारण अस्पताल लैजान नसक्दा दुधराज तामाङको निधन भएको मुक्पाटार निवासी कमस दोङले जानकारी दिए । सिन्धुलीमा ससुराली घरमा आफन्त वितेकाले घ्यावा सकेर फर्कने क्रममा भिरबाट लडेर उनको निधन भएको हो । भिरबाट लडेका दुधराजलाई रामेछाप प्रहरीले देखेर उद्दार गरेको थियो । तत्कालै आफन्तले उपचारका लागि लैजान खोजे पनि सम्भव नभएको आफन्त कमस लामाले बताए । दुधराजका चार छोरा छन् । एक जना मात्रै गाउँमा छन् ।