विनाशकारी बाढीपहिरोको घटनाबाट के सिक्ने ?
सागर राज मैनाली
विद्यार्थी:काठमाडौं स्कुल अफ ल
देश बाढिपहिरोको पिडामा डुबिरहेको अवस्था छ । यो घटनाबाट हामीले सिक्नुपर्ने थुप्रै कुराहरु छन । बर्तमान समयको सबैभन्दा लज्जास्पद तर्क बस्ती खोलामा पसेर यो सबै भयो भन्ने छ । नेपालीहरु तथ्यहिन तर्क (कुतर्क) गर्न माहिर भएकै कारण आज हामी विश्वको सबैभन्दा कम आइक्यू भएका मानिस भनेर चिनिन्छौं ।
१. बैज्ञानिकहरुको अनुसन्धान अनुसार काठमाडौं उपत्यकाभित्र बागमती नदिको उचाई ६ फिट बढेको छ । यो प्रकृतिक प्रक्रियाले बढेको उचाई होइन । उपत्यकामा भुमाफियाले गरेको प्लटिङ्ले माटो बगाउँदा सो माटो खोलामा पस्यो जसले गर्दा खोलाको उचाईमा वृद्धि भयो । अब तपाइँ आफै बिचार गर्नुहोस अहिलेको बर्षाले गर्दा आएको खोला ६ फिट होचो भएको भए जोखिम तथा बिनास कति हदसम्म कम हुन्थ्यो । अनि भुमाफियाहरुले के भाष्य निर्माण गरिदिए बस्ती खोलामा पसेका कारण यो सबै नोक्सानी भयो । जनतालाई अन्योलमा पारेर तर्कहिन बनाउन सके मात्रै सधैं शोषण गर्न पाइन्छ भन्ने यिनिहरुको उद्देश हो ।
उपत्यका बाहिर झन क्र्सर, मान्लाग्दो सडक निर्माण र केही हदसम्म प्लटिङ्ले यसलाइ तिब्रता दिएको पाइन्छ ।
२. खोलानाला साघुरो बनाउने प्रक्रियामा सबभन्दा बढी जिम्मेवार सरकारी निकाय छन । यदि होइन भने उपत्यका र तमाम बिकसित सहरहरुमा खोला आसपास पर्खाल लगाउने काम बिकासका नाममा किन गरियो रु अनि त्यही पर्खाल आसपासमा कोरिडोरका नाममा बनाइने चिल्ला कालो सडकले बस्तिलाइ झनै बढी आकर्षित गर्यो । खोला छेउमा बस्ती बसाउनु कुनै नौलो कुरा होइन इन्दुस, नाइल, र मेसोपोटामिया सभ्यता यसका उदाहरण हुन । काठमाडौ उपत्यकामा पनि मानव बस्तिको सुरुवात बागमती किनारमा सुरु भएको थियो । त्यसैले महानगरले पुरातत्त्वको अस्तित्व चाहन्छ भने सबैभन्दा पहिले खोला छेउको पर्खाल भत्काओस् ।
३. यो देशको बिपत ब्यबस्थापन संयन्त्र देखियो भोगियो यसप्रती भन्नू केही छैन । सरकार, सरकारी संयन्त्र, तथा नेताहरुलाइ लाज लग्छभने लाज पचाउन र सुधारमा पहल गरुन । यस समयमा जनता एक आपसमा हातेमालो गरेर अघि बढ्नु सबैभन्दा उत्तम उपाय हो । यस्तो बिपत्तिमा कमाउधान्दा चलाउने सम्पुर्णलाई अख्तियारले कार्बाही गर्ने आँट गरोस् ।
४.स्मार्ट सिटीको अवधारणामा सबैभन्दा पहिले प्लटिङलाइ मध्यनजर गर्न सके यस्तो घटमा न्यूनीकरण गर्न सकिन्छ । साथै भुमिसुधार र खानी संचालनको सम्बन्धमा बलियो कानुन निर्माण र कार्यान्वयन गर्न नसके माफियाहरुले प्राकृतिक दोहन गरिरहन्छन यस्तो घटना घटिरहन्छ । जनताले यस बिषयलाई गहन रुपले विचार गरून् ।






